पत्नीको हत्या गरी फरार भएको आरोपमा पतिको खोजी 

  ०७३ पुस २३ गते

कपिलवस्तु नपा-१० की २३ वर्षीया पुनता पासीको पुस २२ गते बिहान ५ बजे घरमा रहस्यमय तरिकाबाट मृत्यु भएपछि पतिले हत्या गरेर फरार भएको आशङ्का गरिएको छ ।

पीडित महिलाको पेट दुखेको भन्दै बिहान औषधि लिन भनेर २४ वर्षीय पति रामसेवक पासी गएपछि नपर्किएकाले पत्नीको हत्या गरेर फरार भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रल्हाद अधिकारीले जानकारी दिएका छन् ।

मृतक महिलाको शरीरका विभिन्न भागमा चोट लागेकोले कुटपिटबाट हत्या भएको हुनसक्ने भनी प्रहरीले आरोपितको खोजी सुरु गरेको प्रहरीले जनाएको छ । मृतकको शव जिल्ला अस्पताल तौलिहवामा पोष्टमार्टम गरी दाहसंस्कार गरिएको पनि प्रहरीले जनाएको छ ।


नन्दराम पौडेल