पत्नीको हत्या गरी पतिद्वारा आत्महत्या

  ०७३ साउन ३१ गते

जिल्लाको पटन नपा-९ बसन्तपुर कुलडाका २१ वर्षीया बिन्दु बोहोरालाई २६ वर्षीय पति कमल बोहराले हत्या गरी आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

घरायसी विवाद भएपछि साउन ३० गते दिउसो करिब ३ बजेतिर बञ्चरो प्रहार गरी पत्नीको हत्या गरी कमलले घरभित्रै झुण्डिएर आत्महत्या गरेको  जिल्ला प्रहरी कार्यालय बैतडीका निमित्त प्रमुख इन्स्पेक्टर सुरेन्द्र बमले जानकारी दिए ।

स्थानीय छरछिमेकीलाई उद्घृत गर्दै इन्स्पेक्टर बमले रोजगारीका लागि भारतमा रहेका कमल २५ दिन अगाडि मात्रै घर फर्केको बताए ।

कमल र बिन्दु दुबैको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा ल्याइएको र शवको पोष्टमार्टम पछि थप विवरण भन्न सकिने इन्स्पेक्टर बलमे बताए ।


नरी बडु