पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
बेनी नगरपालिका–१ रत्नेचौरको बेलबोटकी ४३ वर्षीया माया सार्कीको हत्या गरेको आरोपमा प्रहरीले ३९ वर्षीय पति बीरबहादुर सार्कीलाई असोज १४ गते गिरफ्तार गरेको छ ।
असोज १३ गते राति कुटपिट भएपछि पतिले पत्नीकाे हत्या गरी मृतकलाई घर नजिकै बारीमा गाडेको भन्ने स्थानीयहरूले उजुरी दिएका थिए ।
सोहि उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय म्याग्दीका इन्स्पेक्टर ध्रुवप्रसाद शर्माको नेतृत्वमा पुगेको टोलीले घटनास्थलमा मृतकको शव गाडिएको अवस्थामा भेटिएपछि आरोपितलाई गिरफ्तार गरिएको इन्स्पेक्टर शर्माले इन्सेक प्रतिनिधिलाई बताउनुभयो ।
उहाँले प्रारम्भिक अनुसन्धानबाट आरोपितले हत्यापछि शवलाई लुकाउन खोजेको जस्तो देखिएकोले हाल जिल्ला अदालत म्याग्दीबाट म्याद थप गरी घटनाको अनुसन्धान अगाडि बढाइएको बताउनुभयो ।
शरीरलाई उत्खनन गरी पोष्टमार्टमका लागि असोज १४ गते बेनी अस्पतालमा लगिएको तर मृत्युको कारण यकिन हुन नसकेकोले शव पोष्टमार्टमको लागि सोही दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरा पठाइएको जिल्ला न्यायधिवक्ता प्रकाश कोइरालाले जानकारी दिनुभयो ।
अमृत प्रसाद पौडेल
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सरावल गाउँपालिका– ४ ललितपुर निवासी २० वर्षीय मिथुन हरिजनलाई फागुन १३ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले फागुन ११ गते बलात्कार गरेको…
बलात्कार गरेको कसुरमा तीन वर्ष कैदको फैसला
१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा १७ वर्ष ११ महिना १८ दिनका बालकलाई जिल्ला अदालतले फागुन १३ गते ३ वर्ष ४ महिना कैद सजायको फैसला गरेको छ । न्यायाधीश चन्द्रमणी…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (फागुन १६ गते)
फागुन १६ गते ७८ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७४ हजार १ सय ४३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा…
बलात्कारको झुठा उजुरी दिनेलाई कैद र जरिबानाको फैसला
राम्रो बोल्न नसक्ने ३१ वर्षीया महिलालाई बलात्कार गरेको भन्दै झुठा उजुरी दिएको कसुरमा उनकी आमालाई फागुन १४ गते एक महिना कैद सजायको फैसला भएको छ । न्यायाधीश चन्द्रमणी ज्ञवालीको इजलासले…
बादी समुदायको समस्या समाधान गर्न अधिकारर्मीको माग
पाँच दिनदेखि कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडी आन्दोलनरत सुर्खेत, दैलेख, कालीकोट, जाजरकोटका बादी समुदायको समस्या सम्बोधन गर्न अधिकारकर्मीहरूले ध्यानाकर्षण पत्र बुझाएका छन् । गास, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारी…