पतिको कुटपिटबाट घाइते भएकी सुनिताको उपचारको क्रममा मृत्यु
वीरगञ्ज मनपा–२० घर भई वीरगञ्ज मनपा–११, हरपतगञ्ज निवासी ३६ वर्षीया सुनिता यादवको काठमाडौँस्थित त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा चैत १५ गते मृत्यु भएको छ ।
नारायणी अस्पतालमा कार्यरत ४० वर्षीय डा.सचितानन्द यादवले पत्नी सुनितालाई मरणासन्न हुने गरी कुटपिट गरेपछि घाइते भएकी सुनीताको उपचारको क्रममा मृत्यु भएको हो ।
सुनितालाई चैत ८ गते पति डा. सचितानन्दले कुटपिट गरी घाइते बनाएको भन्दै पीडित पक्षले चैत ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
कुटपिट गर्दा घाइते भएकी उनको मानसिक सन्तुलन गुमेको अवस्था रहेको पीडित पक्षले जनाएको थियो ।
पीडित पक्षको उजुरीको आधारमा आरोपितलाई चैत ११ गते गिरफ्तार गरी प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
सुनिताको उपचार वीरगञ्जको गण्डक अस्पतालको आइसीयूमा राखेर गरिएकोमा थप उपचारका लागि काठमाडौँ लगिएको थियो ।
डा. सचितानन्दसँग १५ वर्ष पहिले वीरगञ्ज गण्डक बहुअरीकी सुनिताको २० लाख रुपियाँ दाइजो समेत दिई मागी विवाह भएको थियो ।
विवाहको एक वर्ष नबित्दै जेठी पत्नीबाट बालबच्चा नपाएको निहुँमा डा. सचितानन्दले भारतको रक्सौल निवासी एक महिलालाई कान्छी पत्नीको रुपमा विवाह गरेका थिए ।
त्यसपश्चात डा.यादवले कान्छी पत्नीसँग मिलेर पीडितकी जेठी पत्नी सुनीतालाई निरन्तर मानसिक तथा शारीरिक रुपमा यातना दिँदै आएको उनका भाइ सन्तोष यादवले बताए ।
केसी लामिछाने
संबंधित समाचारहरू
मनोरञ्जन क्षेत्रमा काम गर्ने महिलाहरू वैकल्पिक व्यवसाय खोज्दै !
कलिलो उमेरमा काम खोज्दै सिन्धुपाल्चोकबाट रोजिना (परिवर्तित नाम) काठमाडौँ झरिन् । बिरानो शहरमा उनको आफ्नो भन्ने कोही थिएन । बल्लतल्ल उनले गाउँकी एकजना दिदी भेटिन् । रोजिनालाई तिनै दिदीले ठमेलको…
कतै छाप्रोमा, कतै सडकमा पठनपाठन !
रुकुम पुर्वका विद्यार्थीहरू छाप्रो र सडकमा पठनपाठन गर्दै आएका छन् । सुन्दा पत्यार लाग्दैन । तर, पुथाउत्तरगंगा गाउँपालिका–५ स्थित बालकल्याण आधारभूत विद्यालय हुकामका विद्यार्थीहरू विद्यालय भवन नहुँदा छाप्रोमा बसेर पठनपाठन…
औषधि अभाव हुँदा बिरामी समस्यामा
संविधान भाग ३ धारा ३५ को उपधारा १ मा प्रत्येक नागरिकलाई आधारभुत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुने छ भनी उल्लेख छ, तर बैतडीका नागरिकलाई भने यो धाराले छोएको…
स्थानीय सरकारको वडा कार्यालयमा प्रतिबन्धित नेकपाको पेन्टिङ
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाले दार्चुलामा पछिल्लो समय गतिविधि बढाएको छ । नेपाल प्रहरीले विप्लव नेतृत्वका अखिल क्रान्तिकारीका आठ जना विद्यार्थी गिरफ्तार गरेपछि विप्लवका कार्यकर्ताले स्थानीय सरकारका वडा कार्यालयमा…
गाउँपालिका सचिव नहुँदा स्थानीय सरकारको काम प्रभावित
काभ्रेको दुर्गम मानिने तेमाल र महाभारत गाउँपालिकाका सबै वडामा सचिव नहुँदा स्थानीय सरकारको काम प्रभावित भएको छ । यी गाउँपालिकामा नयाँ संरचना सुरू भएदेखि सचिवको अभाव भएको गाउँपालिकाका अध्यक्ष कान्छालाल…