यौन दुर्व्यवहारपछि हत्या घटनाका आरोपित गिरफ्तार
सोरू गाउँपालिका–९ कालै गाउँकी लक्ष्मी चौलागाईलाई चैत २१ गते यौन दुर्व्यवहारपछि हत्या गरेको आरोपमा प्रहरीले सोही गाउँपालिका–८ का २० वर्षीय प्रवेश रावललाई चैत २४ गते तारापानीबाट गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई घर नजिकै सौच गर्न लागेका बेला मदिरा सेवन गरेका आरोपितले यौन दुर्व्यवहार (बलात्कारको प्रयास) गर्दा बालिकाले इन्कार गरेपछि धकेलेर ढुङ्गामा ठोकिँदा बेहोस भएपछिमुगु कर्णालीमा फालेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी चित्रबहादुर भट्टराईले बताउनु भयो ।
घटना भएको दिन घर नआएपछि आफन्तको घर गएको अनुमान लगाएका परिवारजनले भोलिपल्ट प्रहरीलाई जानकारी गराई छिमेकिहरूसहित खोजी गरेको बालिकाका दाजु धनराज चौलागाईले बताउनु भयो ।
घटनास्थल आसपासमा माछा मार्न गएका स्थानीयले २३ गते बिहान ७ बजे बालिकाको शव कर्णाली नदिको बिच भागमा अड्किएको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले घटनामा संलग्न रहेको आरोपमा रावललाई चैत २४ गते तारापानीबाट गिरफ्तार गरी आवश्यक अनुसनधानपछि चैत २६ गते सार्वजनिक गरेको जनाएको छ।
पीडत पक्षले आरोपितविरुद्ध चैत २५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
शवको पोष्टमार्टम चैत २५ गते जिल्ला अस्पतालमा गरिएको छ । थप अनुसन्धानका लागि भिसेरा र भेजाइनल स्वाब समेत प्रहरी विज्ञानशालामा पठाइने प्रहरीले जनाएको छ ।
जीवन सेजुवाल
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया वालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बबई गाउँपालिका–४ का ३४ वर्षीय केशवबहादुर विकलाई चैत २७ गते गिरफ्तार गरेको छ । पीडित जङ्गलको बाटो हिडिरहेका बेला आरोपितले चैत २७ गते…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले धादिङ निलकण्ठ नगरपालिका–९ घर भइ हाल कास्की जिल्ला पोखरा महानगरपालिका–४ गणेशटोल बस्ने २३ वर्षीय ईश्वर श्रेष्ठलाई गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले…
प्रधानाध्यापकलाई कुटपिट घटनाका आरोपित गिरफ्तार
आदर्शकोटवाल गाउँपालिका–७ कोत्वाली टोल घर घई रामचरित्र मावि आदर्शकोटवाल गाउँपालिका–१ जयनगर चिउँताहाका प्रधानाध्यापक ४८ वर्षीय दिनेशप्रसाद साहलाई चैत २९ गते कुटपिट गरेको आरोपमा प्रहरी चौकी चिउटाहाको प्रहरी टोलीले सोही विद्यालय…
बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले खाँदवारी नगरपालिका–८ का ३४ वर्षीय सुमन पाण्डेविरूद्ध चैत २९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ । पीडित बालिकालाई आरोपितले ०७७ कात्तिक…
बलात्कार गरेको कसुरमा १९ वर्ष कैद सजायको फैसला
१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा दुल्लू नगरपालिका–४ बान्देउ टोलका २२ वर्षीय दीपक बिकलाई दैलेख जिल्ला अदालतले १९ वर्ष कैद, १ लाख रुपियाँ पीडितलाई क्षतिपूर्ति दिनुपर्ने र २ हजार २…