नेविसङ्घका कार्यकर्ताको आक्रमणबाट तीन जना घाइते भएको अनेरास्ववियुको आरोप

  ०७३ चैत १५ गते

सुन्दरबजार नपा-७ स्थित कृषि क्याम्पसमा चैत १४ गते बेलुकी नेविसङ्घका कार्यकर्ताले अनेरास्ववियुका कार्यकर्तालाई आक्रमण गर्दा तीन जना विद्यार्थी घाइते भएको अनेरास्ववियुले आरोप लगाएको छ ।

आक्रमणबाट अनेरास्ववियुका कार्यकर्ता धनगढीका २२ वर्वीय प्रयास अधिकारी, चितवनका २२ वर्षीय सुजन सुवेदी र काठमाडौँका २३ वर्षीय सुरज गौतम घाइते भएका छन् । घाइते तीनै जना सेही क्याम्पसमा अध्ययनरत विद्यार्थी हुन् ।

अनेरास्ववियुका विद्यार्थी बेलुकी क्याम्पस क्याम्पस हाताभित्र प्रवेश गर्ने क्रममा नेविसङ्घमा आवद्ध २० जनाको समूहले आक्रमण गरेको अनेरास्ववियुका कार्यकर्ताले जनाएको कृषि क्याम्पस प्रमुख लालप्रसाद अम्गाईले जानकारी दिए ।

घाइते तीनै जनाको सुन्दरबजारको कर्मदा अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यलय सुन्दरबजारका इन्स्पेक्टर चन्द्रबहादुर गुरुङले जानकारी दिए ।

हाल घटनाको अनुसन्धान गरिरहेको र दोषीलाई नियन्त्रणमा लिएर कारबाही गरिने जिल्ला प्रहरी कार्यलय लमजुङले जनाएको छ ।


दलबहादुर मजाकोटी