नेपाल कम्युनिष्ट पार्टीका पूर्व जिल्ला इञ्चार्ज गिरफ्तार
नेत्र विक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सदस्य तथा पूर्व जिल्ला इञ्चार्ज सिदिङ्मा गाउँपालिका–४ साब्लाखुका ३४ वर्षीय सागर पन्दाक लिम्बु(सक्कक) लाई प्रहरीले चैत १२ गते फुङलिङ नगरपालिकास्थित बजारक्षेत्रबाट गिरफ्तार गरेको छ ।
पन्दाकविरूद्ध जिल्ला अदालत ताप्लेजुङमा हातहतियार तथा विस्फोटक पदार्थ सम्बन्धी कसुरमा ०७६ माघ ८ गते मुद्दा दर्ता भएकाले गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर मोहन पोखरेलले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पन्दाक जिल्ला अदालतले माग गरेको १ लाख रुपियाँ धरौटी बझाएर चैत १३ गते तारेखमा छुटेको अदालतका श्रेस्तेदार शम्भुप्रसाद रेग्मीले जानकारी दिनु भयो ।
जिल्ला इञ्चार्ज असल पन्दाक लिम्बूले इन्सेक प्रतिनिधिसँगको फोन कुराकानीमा ०७८ वैशाख १३ गते अदालतमा उपस्थित हुने गरी तारेख पाएको बताउनु भयो ।
मेची–कोशी इञ्चार्ज प्रकाशले चैत १३ गते विज्ञप्ति जारी गरेर प्रहरीले गिरफ्तार गरेका पूर्व जिल्ला इन्चार्ज पन्दाकलाई तत्काल रिहा गर्न माग गर्नु भएको छ ।
नेपाल सरकार र नेत्र विक्रम चन्द(विप्लव) बिच ०७७ फागुन २० गते भएको वार्तापछि सरकारले सो पार्टीको प्रतिबन्धमाथि फुकुवा गरेको छ ।
सरकारले विप्लव नेतृत्वको पार्टीले राज्यविरूद्धका गतिविधि गरेको भन्दै ०७५ फागुन २८ गतेदेखि प्रतिबन्ध लगाएको थियो ।
गिरफ्तार भएका पन्दाकको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा चैत १३ गते गरिएको छ ।
देवराज गुरुङ
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
५४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा रोशी गाउँपालिका–५ सिसाखानीका ६२ वर्षीय टेकबहादुर लामालाई प्रहरीले चैत ३० गते घरबाट गिरफ्तार गरेको छ । पीडित महिलालाई चैत २६ गते बलात्कार गरेको भन्दै…
बलात्कार घटनाका आरोपित गिरफ्तार
५९ वर्षीया अशक्त महिलालाई बलात्कार गरेको आरोपमा दोरम्बा गाउँपालिकाका–७ का ५६ वर्षीय अङ्गे तामाङलाई प्रहरीले चैत २८ घरबाटै गिरफ्तार गरेको छ । सुस्त मनस्थितिकी अशक्त महिलालाई चैत ३ गते घरमा…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (चैत ३० गते)
चैत ३० गते ४ सय ९६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ८० हजार ५ सय २४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…
बेचबिखन तथा ओसारपसार घटनाका कसुरदार गिरफ्तार
१५ वर्षीया बालिकालाई भारतको दिल्लीमा लगेर बेचबिखन गरेको कसुरमा प्रहरीले पुर्नवास नगरपालिका–६ का ५१ वर्षीय मानबहादुर थापा र उहाँको ४८ वर्षीया पत्नी सुकमाया तामाङलाई २५ वर्षपछि चैत २९ गते गिरफ्तार…
हिंसा पीडित महिलालाई इन्सेकको सहयोग
छोरा नपाएको निहुँमा पतिले दैनिक जसो कुटपिट गरेर पीडित बनेकी महिलालाई इन्सेकद्वारा सहयोग गरिएको छ । सल्यान जिल्ला शारदा नगरपालिका–१४ मालनेटा घर भई हाल पर्वतको कुश्मामा ज्याला मजदुरी गरेर दुई…