नेपाली भूमिमा भारतीयबाट बन्धक हुँदा असह्य पीडा भयोः सांसद नमूना

  ०७६ जेठ ५ गते

बाँके क्षेत्र नम्बर १ (क) बाट निर्वाचित प्रदेशसभा सांसद कृष्ण केसी ‘नमुना’ले नेपाली भूमिमै भारतीयले बन्धक बनाउँदा असह्य पीडा भएको बताएकी छन् ।

नेपालगन्जमा जेठ ४ गते पत्रकार सम्मेलनमा बोल्दै सांसद नमुनाले भारतीय नागरिकबाट नेपाली भूमिमै आपूmसहितको टोलीलाई बन्धक बनाउँदा असह्य पीडा भएको बताएकी हुन् ।

‘आफ्नै निर्वाचन क्षेत्रमा भारतीय नागरिकबाट बन्धक हुनुपर्दा असह्य पीडा महसुस भयो । उनीहरूले हामी सवार गाडीको हावा खुस्काइदिएर जलाउने प्रयास समेत गरेका थिए तर, सुरक्षाकर्मीको चलाखीका कारण घटना घट्न पाएन । हामी सुरक्षित नेपालगञ्ज आइपुग्यौँ ।’–सांसद केसीले भनिन् ।

आफ्नो निर्वाचन क्षेत्रमा जनतासँग भेटघाट गरी त्यसक्षेत्रको समस्या समाधान र विकासका लागि सुझाव लिन उनीसहितको टाली जेठ ३ गते बाँकेको बघौडा क्षेत्रमा गएको थियो ।

पूर्व निर्धारित कार्यक्रम सकेर फर्कँदै गर्दा नरैनापुर गाउँपालिकाको प्राङ्गणबाट उनीहरूले गाडी कब्जामा लिएर । भारतीय मुलका नागरिक देवदिन बिक रिहा गर्न दबाब स्वरूप उनीहरूले यसो गरेको हुनसक्ने उनले बताइन् ।

प्रहरीले चरेशसहित गिरफ्तार गरेका भारतीय नागरिक छुटाउन आक्रोशित भीडले दबाब दिइरहेको थियो ।

‘प्रशासनिक विषय भएकाले त्यसमा मैले केही सहयोग गर्न नसक्ने बताएपछि घरेलु हातहतियार सहित आएको आक्रोशित भीडले पहिले हाम्रो मान्छे छुटाउनुहोस्, अनि मात्र तपाइँहरूलाई जान दिन्छौँ भन्दै घेराबन्दी ग¥यो ।’–केसीले भनिन् ।

बाँकेको राप्तीपारि नरैनापुरमा लाग्ने हाटबजारमा व्यवसाय गर्ने भारतीय नागरिक देवदिन विश्वकर्मालाई प्रहरीले पाँच किलो चरेस सहित गिरफ्तार गरेको थियो ।

उनलाई रिहा गर्न भारतीय र स्थानीय नागरिकहरूले प्रहरी चौकीलाई घेरा हालिरहेका अवस्थामा पुगेका प्रदेश सांसद केसीसँगै नरैनापुर गाउँपालिकाका अध्यक्ष ईस्तियाक अहमद शाह पनि थिए ।

उनीहरूले इलाका प्रहरी कार्यालय भोजभगवानपुरमा राखिएको प्रहरीको गाडी र मोटरसाइकल तोडफोड गरेको र भीडलाई नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर, अश्रु ग्याँस प्रयोग गरेको प्रहरीले जनाएको छ ।


इन्सेक प्रदेश ५ कार्यालय, नेपालगञ्ज