नेपाली काङ्ग्रेसको चुनावी प्रचारप्रसारमा बालबालिका प्रयोग

  ०७४ भदौ २५ गते

प्रदेश नं. २ मा असोज २ गते हुन लागेको चुनावमा धनुषास्थित नेपाली काङ्ग्रेसका उम्मेदवारहरूले चुनावी प्रचारप्रसारमा भदौ २५ गते पनि बालबालिकाको प्रयोग गरेको पाइएको छ ।

बालबालिकाको हातमा नेपाली काङ्ग्रेसको चुनाव चिन्ह रूख छाप भएको झण्डा लिएर चुनावी प्रचारप्रसारमा प्रयोग गरेको हो ।

काङ्ग्रेसले मनोनयन दर्ता भएको दिनमा विद्यालय उमेरका बालबालिकालाई प्रयोग गरेको देखिएको थियो । विभिन्न समाजिक सञ्जाल र मिडियामा समाचार सम्प्रेषण भए पनि निर्वाचन कार्यालयले सो रोक्न कुनै प्रकारको पहल गरेको देखिएको छैन ।

धनुषाका राजनीतिक दलहरूले व्यानर, झण्डा, भारतीय नम्बर प्लेट भएको गाडीसमेत प्रयोग गरेका छन् ।


विनोदकुमार रविदास