नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता गिरफ्तार

  ०७५ चैत १३ गते

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको जनपरिषद्का तमुवान संयोजक किसानसिंह तमु गुरुङलाई चैत १२ गते प्रहरीले गिरफ्तार गरेको छ ।

गुरुङलाई पोखरा मनपा–२७ रिठेपानी स्थित उनकै घरबाट गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय, डाँडाकोनाक शिशुवाले जनाएको छ ।

सो पार्टीमा आबद्ध भएका कार्यकर्ता गिरफ्तार गर्ने केन्द्रीय निर्देशन अनुसार तमुलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय, कास्कीका डिएसपी रविन्द्रमान गुरुङले जानकारी दिए ।


सुशन घिमिरे