नेकपा कार्यकर्ता हत्या घटनाका आरोपित गिरफ्तार

  ०७६ माघ ९ गते

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) खनियाबास गाउँपलिका–४ का वडा कमिटी सचिव ३२ वर्षीय सन्तबहादुर तामाङको हत्यामा संलग्न ३ जनालाई प्रहरीले ०७६ माघ ८ गते गिरफ्तार गरेको छ । हतियारधारी समूहले आक्रमण गर्दा तामाङको माघ ८ गते विहान मृत्यु भएको थियो ।

नेकपा कार्यकर्ता रबिन तामाङ, फत्तबहादुर गुरुङ र पूर्णबहादुर घले घाइते भएका छन् । लाठ्ठि, र धारिलो हतियारले आक्रमण भएपछि सन्तबहादुरको मृत्यु भएको छ भने रबिनको काठमाडाै‌काे ग्रिनसिटि अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुख इन्स्पेक्टर रबिन्द्र रेग्मीले बताउनुभयो । अन्य दुई घाइते अवस्था अज्ञात छ ।

घटनामा संलग्न खनियाबस गाउँपालिका–४ का ३५ वर्षीय अशोक तामाङ, नेत्रावती डबजोङ गाउँपालिका–१ मार्पाकका २५ वर्षीय राम तामाङ र २९ वर्षीय रोशन तामाङलाई गिरफ्तार गरेको प्रहरीले जानकारी दिएको छ । घटना ठूलो भएकोले अन्य केही व्यक्तिलाई समेत प्रहरीले निगरानीमा राखेको जनाएको छ । घटनामा संलग्न भएको आरोपमा गिरफ्तार परेका अशोक तामाङ र राम तामाङ यसअघि पनि विभिन्न अपराधिक घटनामा संलग्न रहँदै पटक पटक गिरफ्तार पर्दै छ्ट्दै आईरहेका व्यक्ति हन् ।


सीताराम अधिकारी