नेकपाको बन्दका कारण गण्डकी प्रदेशको जनजीवन प्रभावित

  ०७५ फागुन ३० गते

नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दका क्रममा गण्डकी प्रदेशको जनजीवन प्रभावित बनेको छ । कास्की प्रतिनिधि सुशन घिमिरेका अनुसार फागुन ३० गते बिहान पोखरा मनपा-९ स्थित सभागृहचोकमा शंकास्पद बस्तु फेला परेको सुतली बम नेपाली सेनाले निष्कृय पारेको छ । सभागृहचोकमा रहको ट्राफिक प्रहरी बस्ने पोष्टमा बम फेला परेकेा थियो । प्रहरीका अनुसार बिहान ४.३० बजेतिर केही युवा पृथ्वीचोकमा देखिएका र पछि सभागृहतिर लागेकाले उनीहरूले नै राखेको हुन सक्ने अनुमान रहेको छ । घटनामा संलग्नहरूको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ । जिल्ला प्रहरी कार्यलयका डिएसपी रविन्द्रमान गुरुङले सभागृह चोकमा रहको ट्राफिक प्रहरी बस्ने पोष्टमा भेटिएको शंकास्पद वस्तु निष्कृय पार्दा माटो मात्र भेटिएको जानकारी दिए ।

Photo20190314Kaski(1)

नेपाली सेनाले बिहान नै पोखरा मनपा-२९ भण्डाढीकमा राखिएको शंकास्पद वस्तुलाई निष्कृय पारेको थियो । भण्डरढिकमा एसबीआई बैंकको नजिकै सकेट बम फेला परेको र बिनाकुनै क्षति सेनाको टोलीले निष्कृय गरिसकेको इलाका प्रहरी कार्यालय, सिसुवाका डिएसपी मोहनबहादुर खाणले जानकारी दिए ।

गोरखा प्रतिनिधि हरिराम उप्रेतीका अनुसार बन्दका कारण जिल्लाको जनजीवन प्रभावित भएको छ । बन्दले गर्दा शैक्षिक संस्था, सार्वजनिक सवारी र बजार पुर्ण रूपमा ठप्प बनेका थिए । एम्बुलेन्स, दुधका गाडी र प्रेसका सवारी भने संचालनमा रहेका थिए । गोरख नपा-६ क्याम्पस रोड र गोरखा नपा-१० बाह्र किलोमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाले बिहान डिस्पोज गरेको थियो । क्याम्पस रोडमा नक्कली बम र बाह्र किलोमा कुकर भित्र माटो भेटिएको एसपी भोला रावलले बताए ।

म्याग्दी प्रतिनिधि अमृत बास्कुनेका अनुसार नेत्र विक्रम चन्दको नेतृतवमा रहेको नेकपाले गरेको बन्दका कारण जिल्लाको जनजीवन प्रभावित भएको छ । बन्दका कारण उद्योग कलकारखाना तथा शैक्षिक संस्थाहरू पूर्ण रूपमा बन्द भएका थिए ।

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्ला प्रतिनिधि तिर्थराज डुम्रेका अनुसार जिल्लाको सदरमुकाम कावासोतीमा बिहान करिब ११ बजे विष्फोट भएको थियो । जिल्ला प्रहरी कार्यालयबाट करिब एक सय मिटरको दुरीमा रहेको डिभिजन वन कार्यालय र घरेलु तथा साना उद्योग कार्यालयको गेट अगाडि बिहान विष्फोट भएको हो ।

विष्फोटबाट कुनै भौतिक तथा मानवीय क्षति भने नभएको डिएसपी लिलाराज लामिछानेले बताए । विष्फोटक प्रदार्थमा आल्मुलियम र बारूदको प्रयोग भएको देखिएपनि कुन प्रकृतिको विष्फोटक पदार्थ (बम) हो भन्ने एकिन भने नभएको डिएपी लामिछानेले बताए ।

दिउँसो नै जिल्लाको गैंडाकोट-९ स्थित जयश्री पुल नजिकै फेला परेको विष्फोटक पदार्थलाई नेपाली सेनाको टोलिले निष्कृय बनाएको थियो ।


इन्सेक गण्डकी प्रदेश कार्यालय, पोखरा