निलम्बित कांग्रेस सांसद आलमलाई पाँचदिन थुनामा राख्न अदालतको अनुमति
हत्या आरोपमा गिरफ्तार गरिएका नेपाली कांग्रेसका निलम्बित सांसद मो. अफताव आलममाथि अनुसन्धान गर्न पुनः पाँच दिनको म्याद थप गरीएको छ ।
यसअघि थपिएको सात दिनको म्यादमा अनुसन्धान नसकिएपछि प्रहरीले पुनः पाँच दिनको म्याद पाएको हो ।
प्रहरीले अनुसन्धानका लागि सातदिनको म्याद मागेपनि जिल्ला अदालत रौतहटका न्यायाधीश चाडकमणी अर्यालको इजलासले प्रहरीलाई पाँच दिनको म्याद दिएको हो । प्रहरीले आलमलाई हत्या आरोपमा असोज २६ गते गिरफ्तार गरेको थियो ।
२०६४ चैत २७ गते राति रौतहटको राजपुर खरदवामा भएको बम विस्फोटको घटनामा संलग्न भएको आरोपमा उनलाई प्रहरीले गिरफ्तार गरेको हो ।
इन्सेकले जारी गरेको प्रेस विज्ञप्ति पढ्न यहाँ क्लिक गर्नुहोला
प्रतिवेदन पढ्न यहाँ क्लिक गर्नुहोला
सम्बन्धित समाचार
१२ वर्षपछि न्याय पाउने आशामा रौतहट घटनाका पीडित परिवार
कानुनी शासनप्रति आशा जागेको छः इन्सेक
बम विष्फोट र हत्या घटनाको आरोप लागेका सांसद मोहमद अफताव आलम निलम्बित
बम विष्फोट र हत्या घटनाको आरोपमा सांसद मोहमद अफताव आलम गिरफ्तार
कोपिला तिमल्सिना
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
११ वर्षीया बालिकालाई बलात्कार गरेको ओरोपमा जिल्ला प्रहरी कार्यालय पर्साले भारत बिहारको चम्पारण पलनवा ग्राम पञ्चायत लौकरीया-५ घर भई बीरगंज महानगरपालिका–२ मा डेरा गरी बस्ने ३६ वर्षीय नेहाल मियाँलाई माघ…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ११ गते)
माघ ११ गते २ सय ७० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६९ हजार ४ सय ५० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…
बन्चरो प्रहार गरी पत्नीको हत्या
हरिहरपुरगढी गाउँपालिका–१ चिसापानीकी ३६ वर्षीया राममाया घलानको पति ४० वर्षीय शेरबहादुर बुजुले बन्चरो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पत्नी राममायालाई माघ ९ गते राती ११…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा मन्थली नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष ५१ वर्षीय भरतबहादुर बोहरालाई ०७७ माघ १० गते प्रहरीले मन्थली नपा-१० स्थित घरबाट गिरफ्तार गरेको छ ।…
प्रहरीद्वारा मानव अधिकार रक्षकहरुमाथि दुर्व्यवहार गरेको पीडित पक्षको आरोप
इलाका प्रहरी कार्यालय लहानका प्रहरीहरूले मानव अधिकार रक्षकहरुलाई माघ ९ गते प्रहरी कार्यालय भित्रै दुर्व्यवहार गरेको पीडित पक्षको आरोप छ । इन्सेक सिरहा प्रतिनिधि दुर्गा परियार, महिला मानव अधिकार रक्षक…