निर्वाचन शिक्षा सामग्रीमा आगजनी

  ०७४ जेठ ८ गते

सङ्घीय गठबन्धनका कार्यकर्ताहरूले रुपनी गाउँपालिका-२ स्थित तेरहौतामा निर्वाचन शिक्षा सामग्रीमा जेठ ७ गते आगजनी गरेका छन् ।

वडा कार्यालयमा आयोजित निर्वाचन शिक्षा कार्यक्रममा संविधान संशोधन बिना कुनै पनि निर्वाचनसम्बन्धी कार्यक्रम सञ्चालन गर्न नदिने चेतावनी दिँदै गठबन्धनका कार्यकर्ताले निर्वाचन शिक्षा सामग्रीमा आगजनी गरेका हुन् ।

Photo20170522Saptari

आगामी जेठ ३१ गतेको दोश्रो चरणको निर्वाचनलाई लक्षित गरी आयोजित निर्वाचन शिक्षा कार्यक्रममा गठबन्धनमा आबद्ध पार्टीका कार्यकर्ताले मतदाता शिक्षा हातेपुस्तिका, नमूना मतपत्र, निर्वाचन आचारसंहितासम्बन्धी कागजपत्र नियन्त्रणमा लिएर आगजनी गरेको बताए ।

गठबन्धनका कार्यकर्ताको विरोधपछि कार्यक्रम स्थगित गरिएको निर्वाचन शिक्षा कार्यकर्ता अमृतलाल चौधरीले बताए ।

गठबन्धनले राजविराज नगरपालिकासहित जिल्लाका विभिन्न स्थानमा निर्वाचन शिक्षासम्बन्धी सामग्रीहरू नियन्त्रणमा लिएर जलाउनुका साथै विभिन्न स्थानमा टाँसिएका पोष्टरहरूसमेत च्यातेको सङ्घीय समाजवादी फोरम नेपालका बृजमान तामाङले बताए ।


मनोहरकुमार पोखरेल