निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा एक जना गिरफ्तार

  ०७४ असार ९ गते

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट युवा सङ्गठनका जिल्ला उपाध्यक्ष ३१ वर्षीय कर्णबहादुर ज्ञावालीलाई असार ९ गते प्रहरीले गिरफ्तार गरेको छ ।

धनकुटाको हिलेबजारबाट निर्वाचन विरोधी गतिविधी गरेको आरोपमा ज्ञावालीलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी सुदिप राजभण्डारीले बताए ।

निर्वाचन विरोधी गतिविधी गरेको आरोपमा यसअघि सो पार्टीका जिल्ला अध्यक्ष ३८ वर्षीय आकाश शर्मा, सदस्य ४२ वर्षीय याम भनिने राजन अधिकारी र ३५ वर्षीय रणबहादुर राईलाई प्रहरीले गिरफ्तार गेको थियो ।


सन्तोष रुचाल