निर्वाचन आचारसंहिता विपरीत हलिया पुनःस्थापना निवेदन सङ्कलन
जिल्ला मालपोत कार्यालय, बैतडीले निर्वाचन आचारसंहिता विपरीत कात्तिक २१ गतेदेखि प्रमाणित हलियाहरूको पुनःस्थापना अघि बढाएपछि बाम गठबन्धनले त्यसको विरोध गर्दै कात्तिक २४ गते जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ ।
प्रमाणीकरण भएका हलियाहरूलाई चालू आर्थिक वर्ष भित्र गर्नुपर्ने पुनःस्थापनाको काम अघि बढाउन निवेदन सङ्कलनको काम मालपोतले जारी राखेको गठबन्धनको अरोप छ ।
आचारसंहिता उल्लङ्घन गर्दै 'हलियाहरूलाई सिफारिस गर्नु' भनेर स्थानीय तहलाई मालपोत कार्यालयले पत्र काटेपछि गठबन्धनले उक्त कार्यको विरोध स्वरूप प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको हो ।
हलिया पुनःस्थापना जिल्ला कार्यसमितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले निर्वाचनको अवधिमा पुनःस्थापनाको काममा राजनीतिक दलहरूले हस्तक्षेप गरी मतदातालाई लोभ्याउन सक्ने भएकाले उक्त कार्य रोक्न निर्देशन दिएको बताए ।
'हलिया पुनःस्थापनाको काम रोक्न निर्देशन गरेको छु'-उनले भने । हलिया पुनःस्थापना जिल्ला कार्यसमितिको ससदस्यसचिव रहेको जिल्ला मालपोत कार्यालयले दशरथचन्द नगरपालिकाको दुर्गाभवानी र कोटिलाका 'घ' वर्गका मुक्त हलियाहरूलाई अनुदानबापत १ लाख २५ हजार रुपियाँ दिनुपर्ने भएकाले घर मर्मतका लागि लागत सिफारिस बनाउन पत्र पठाएको थियो ।
मालपोत कार्यालयले दशरथचन्द नगरपालिका-३ को वडा कार्यालयलाई पत्र पठाएको नेकपा एमाले जिल्ला कार्यालय सचिव सरस्वती नेपालीको भनाई छ ।
बैतडीमा प्रमाणीकरण भएका २ हजार २२ जना मुक्त हलियामध्ये बाँकी रहेका १ हजार मुक्त हलियाहरूको यसै आर्थिक वर्ष भित्र पुनःस्थापना गर्ने लक्ष्य रहेको जिल्ला मालपोत कार्यालयका निमित्त प्रमुख राजेन्द्रसिंह थापाले बताए ।
नरी बडु
सम्बन्धित समाचारहरू
स्वास्थ्यको ख्याल गर्दै न्यायिक अभियान अघि बढाउन इन्सेककर्मीको सुझाव
इन्सेककी अध्यक्ष डाक्टर इन्दिरा श्रेष्ठको नेतृत्वमा वीर अस्पताल पुगेको इन्सेककर्मीको टोलीले गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यारालाई कारवाहीको माग राख्दै अनशनमा बस्नु भएकी कृष्णकी आमा गङ्गामाया अधिकारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको…
बलात्कार घटनाका फरार आरोपित गिरफ्तार
३२ वर्षीया एक महिलालाई सामुहिक बलात्कार गरी फरार रहेका जुगल गाउँपालिका–४ का २४ वर्षीय कैलाश नेपालीलाई प्रहरीले माघ १२ गते काठमाडौँस्थित कलङ्कीबाट गिरफ्तार गरी चौतारा ल्याएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर…
स्थानीयको विरोध प्रदर्शनका कारण गाउँपालिकाको सेवा प्रभावित
सुनकोशी गाउँपालिका वडा नं. २, ४ ५, ७ का स्थानीय बासिन्दाले स्वतन्त्र नागरिक समाज गठन गर्दै सडक निर्माण कार्य अविलम्ब सुरु गर्न माग राखेर ०७७ माघ १२ सुनकोशी गाउँपालिका घेराउ…
पत्रकारमाथि दुर्व्यवहार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी
अर्थ सरोकार सुदूरपश्चिम प्रदेश संयोजक तथा रेडियो धनगढीका समाचार संयोजक धनगढी उपमहानगरपालिका—८ बुद्ध चोकका पत्रकार २० वर्षीय सुर्दशन श्रेष्ठमाथि दुर्व्यवहार गरेको आरोपमा मालपोत कार्यालय,कैलालीका प्रमुख सुरेन्द्र केसीविरुद्ध पीडित पक्षले जिल्ला…
यौन दुर्व्यवहार कसुरमा पाँच वर्ष कैद सजायको फैसला
१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा चामुण्डा बिन्द्रासैनी नगरपालिका–१ चापागाउँका २४ वर्षीय पदमबहादुर तामाङ्गलाई दैलेख जिल्ला अदालतले पाँच वर्ष कैद सजायको फैसला गरेको छ । यौन दुर्व्यवहार मुद्दाका सन्दर्भमा…