निर्वाचन आचारसंहिता विपरीत जनकपुरमा चुनावी सभा

  ०७४ भदौ २९ गते

प्रधानमन्त्री शेरबहादुर देउवाले जनकपुरमा भदौ २८ गते आयोजित निर्वाचन आचारसंहिता विपरीत चुनावी सभालाई सम्बोधन गरेका छन् ।

निर्वाचन आचारसंहिता विपरीत आयोजित चुनावी सभामा नेपाली काङ्ग्रेसका नेता तथा कार्यकर्ताहरूले मोटरसाइकल र्‍याली, रूख छाप भएको झण्डा, व्यानर, भेष्ट, टोपी र गम्छासमेत प्रयोग गरी कार्यक्रममा सहभागी भएका थिए ।

जनकपुरको रा.रा.व. क्याम्पसको अगाडि नेपाली काङ्ग्रेसको चुनावी सभामा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल सहितका नेताहरूले सम्बोधन गरेका थिए ।

कार्यक्रममा काङ्ग्रेसका महामन्त्री सशाङ्क कोइराला, वरिष्ठ नेता पौडेल, नेता कृष्णप्रसाद सिटौला, आनन्दप्रसाद ढुङ्गाना, पुर्व गृहमन्त्री विमलेन्द्र निधि, कृषिमन्त्री रामकृष्ण यादव, खानेपानी मन्त्री महेन्द्र यादवलगायतले चनावी सभामा सम्बोधन गरेका थिए ।


विनोदकुमार रविदास