निर्वाचन आचारसंहिता उल्लङ्घन भएको पाइयोः सदस्य पाठक

  ०७४ भदौ ३० गते

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदिप पाठकले प्रदेश नं २ मा निर्वाचन आचारसंहिता उल्लङ्घन भएको जनकपुरमा भदौ ३० गते आयोजित पत्रकार सम्मेलनमा बताएका छन् ।

निर्वाचन आचारसंहिता व्यापक रूपमा राजनीतिक दल र सरकारले उल्लङ्घन गरेको आयोगका सदस्य पाठकले बताएका हुन् । 'उम्मेदवारहरूले चुनाव प्रचारप्रसारमा बालबालिकाको प्रयोग नरोकिएको, प्रचारप्रसारको क्रममा तुल, व्यानर, टोपी, भेष्ट र लाउडस्पिकरको प्रयोग गरेको पाइयो ।'-पाठकले भने ।

सरकारका प्रतिनिधिहरूबाट चुनावी सभा सहभागी भएको र मतदाता शिक्षा २ नम्बर प्रदेशमा प्रभावकारी नभएको उनले आरोप लगाए । बाढी पहिरोका कारण सडक बिग्रिएकाले मर्मत सम्भार नगरेको र मतदाताहरू खोला तरेर मतदान स्थल जानु पर्ने बाध्यता, उम्मेदवारहरूले भारतीय नम्बर प्लेट भएको गाडी प्रयोग गरेको आयोगका सदस्य पाठकले बताए ।


विनोकुमार रविदास