निर्वाचन आचारसंहिता उल्लङ्घन गर्दै दलहरू
आगामी स्थानीय तहको निर्वाचनको लागि सप्तरीका राजनीतिक दलहरूले आचारसंहिता उल्लङ्घन गरी प्रचारप्रसार गर्न थालेका छन् । राजनीतिक दलले चुनावी प्रचारप्रसारको काममा बालबालिकादेखि शिक्षकहरूको समेत प्रयोग गरिरहेका छन् ।
त्यस्तै चोक, स्मारकजस्ता सार्वजनिक र निजी घरहरूमा समेत पोष्टर, झण्डा झुण्ड्याएका छन् । दलहरूका कार्यकर्ताहरूले चुनाव चिन्ह अङ्कित भेष्ट, टोपी, गम्छाको प्रयोग प्रशस्त मात्रामा गरेका छन् । तोकिएको भन्दा बढी सवारी साधनहरूमा तोकिएको आकारभन्दा ठूला आकारका व्यानर र झण्डा राखेर राति अबेरसम्म उम्मेदवारहरू प्रचारप्रसार गरिरहेका छन् ।
निर्वाचन आचरसंहिता २०७२ को परिच्छेद २ को ४ नम्बर 'झ' मा निर्वाचनसम्बन्धी प्रचारप्रसारको लागि धार्मिक, सांस्कृतिक, पुरातात्विक, ऐतिहासिक स्थल वा सार्वजनिक संस्थाको भवन, स्मारक, पर्खाल, सडक, खम्बा वा संरचनालगायतको कुनैपनि सार्वजनिक स्थलमा पर्चा टाँस्न वा टाँस्न लगाउन वा लेख्न वा लेख्न लगाउन नहुने उल्लेख छ ।
यस विषयमा अधिकारकर्मी र सञ्चारकर्मीहरूले जानकारी गराएकोमा जिल्ला निर्वाचन कार्यालयका मुख्य निर्वाचन अधिकृत शारदाप्रसाद कोइरालाले यस्तो काम निर्वाचन आचारसंहिता विपरीत भएपनि उजुरी नआएसम्म कारबाही गर्न नसकिने बताए ।
पार्टीका नेता तथा उम्मेदवारहरूले भने पार्टीले आधिकारिक रूपमा आचारसंहिता उल्लङ्घन नगरेको तर अन्य उम्मेदवारहरूले गरेपछि आफ्ना कार्यकर्ताहरूले पनि गरेको बताउँछन् ।
मनोहरकुमार पोखरेल
सम्बन्धित समाचारहरू
प्रतिबन्धित नेकपाका सचिवालय सदस्य सहित तीन जना गिरफ्तार
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य सहित तीन जनालाई प्रहरीले पुस २९ गते बागमती गाउँपालिका–७ गिम्दीस्थित खुर्मीको पुलबाट गिरफ्तार गरेको छ । गिरफ्तार गरिएकाहरूमा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बागमती गाउँपालिका–७ गिम्दीका ३२ वर्षीय शङ्कर सापकोटालाई प्रहरीले माघ १ गते गिरफ्तार गरेको छ । पीडित बालिकाले आफूलाई आरोपितले घरमै आई प्रलोभनमा पारी, डरत्रास…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ २ गते)
माघ २ गते २ सय ७० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६६ हजार ८ सय १६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…
आमाको हत्या गरेको आरोपमा छोरा गिरफ्तार
सन्धिखर्क नगरपलिका–१ तुमकोटकी ५५ वर्षीया हीराकुमारी नेपालीको हत्या गरेको आरोपमा प्रहरीले छोरा २३ वर्षीय बिमल नेपालीलाई पुस २९ गते गिरफ्तार गरेको छ । आमा हीरालाई आरोपितले पुस २९ गते मादक…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ १ गते)
माघ १ गते ४ सय ३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६६ हजार ५ सय ४६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…