निर्वाचनविरोधी गतिविधि गरेको आरोपमा कम्युनिष्ट पार्टीका कार्यकर्ता गिरफ्तार

  ०७४ असार ७ गते

निर्वाचनविरोधी गतिविधि गरेको आरोपमा प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला कमिटी सदस्य ५० वर्षीय पुर्णबहादुर कटुवाललाई असार ६ गते गिरफ्तार गरेको छ ।

स्थानीय तहको निर्वाचन विथोल्ने तयारी गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको टोलीले उनलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी ओमबहादुर रानाले जानकारी दिए ।

सो पार्टीले स्थानीय तहको निर्वाचन बिथोल्न विभिन्न योजना बनाई रहेको भन्दै प्रहरीले पछिल्लो समयमा गृहमन्त्रालयकै आदेशमा उनलाई गिरफ्तार गरिएको र यस्ता गतिविधिमा संलग्न अन्यलाई पनि गिरफ्तार गरिने जनाएको छ । विप्लव समूहका कार्यकर्तालाई सहरबजारमा प्रहरीले खोजी कार्य तिब्र बनाएपछि उनीहरू अर्धभुमिगत अबश्थामा रहेको बुझिएको छ ।


भरत खड्का