निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेको आरोपमा कम्यनिष्ट पार्टीका कार्यकर्ता गिरफ्तार

  ०७४ असार ८ गते

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई जना कार्यकर्तालाई चुनाव विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले पौवादुङ गाउँपालिका-३ बाट असार ८ गते गिरफ्तार गरेको छ ।

गिरफ्तार हुनेहरूमा माओवादी कार्यकर्ताहरु हतुवागढी गाउँपालिका-३ का ३९ वर्षीय ज्ञानु राई र पौवादुङ-३ का २९ वर्षीय पविन राई रहेका छन् ।

प्रहरीले माओवादी कार्यकर्ताहरुले निर्वाचन विरोधी गतिविधि गरेको र भविष्यमा समेत निर्वाचन सुरक्षासम्बन्धी जोखिमलाई मध्यनजर गर्दै उनीहरुलाई गिरफ्तार गरिएको जनायो ।


किरण राई