निर्वाचनमा बालबालिका प्रयोग नगर्न दलहरू प्रतिबद्ध

  ०७४ जेठ ३० गते

डडेल्धुरा जिल्लामा क्रियाशील राजनीतिक दलहरूले स्थानिय तहको निर्वाचनमा बालबालिकाको प्रयोग हुन नदिन प्रतिबद्धता व्यक्त गरेका छन् ।

जेठ ३० गते जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय र सर्वपक्षीय बैठकमा राजनीतिक दलका जिल्लास्तरका नेताहरूबाट यस्तो प्रतिबद्धता आएको हो ।

डडेल्धुरा जिल्लाका प्रमुख राजनीतिक दलहरूले विद्यालय र बालबालिकालाई शान्ति क्षेत्रका रूपमा स्वीकार गरी उनीहरूलाई कुनैपनि राजनीतिक गतिविधिमा संलग्न नगर्ने लिखित प्रतिबद्धता व्यक्त गरेको प्रमुख जिल्ला अधिकारी जनकराज भट्टले जानकारी दिए ।

निर्वाचन प्रचार-प्रसार, आमसभा तथा जुलुसमा बालबालिका प्रयोग गर्न नहुने विषयमा निर्वाचन आचारसंहिता २०७२ (दोस्रो संशोधन, २०७३) ले पनि प्रतिबन्ध लगाएको छ ।


भुपेन्द्र बिष्ट