निर्मला हत्या प्रकरणमा २६ प्रहरीमाथि छानबिन

  ०७५ असोज २८ गते

भीमदत्त नगरपालिका–२ खोल्टीकी १३ वर्षीया बालिका निर्मला पन्त हत्यारा प्रकरणमा अनुसन्धानमा खटिएको तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रहरी अधिकृत र कर्मचारीमाथि छानबिन समितिले सुक्ष्म अध्ययन गरिरहेको राससले जनाएको छ ।

गत भदौ ३१ गते सरकारले एआइजी धिरु बस्न्यातको संयोजकत्वमा गठन गरेको छानबिन समितिले निर्मला प्रकरणमा अनुसन्धानमा प्रहरी कर्मचारीको भूमिका र सम्पादन भएका कार्यको सुक्ष्म अध्ययन गर्दै टोली असोज २६ गते भीमदत्तनगर आइपुगेको छ ।

गठन भएकै समयदेखि तोकिएको जिम्मेवारी अनुसार अनुसन्धानमा खटिएको प्रहरी अतिरित्त महानिरीक्षक बस्न्यातको टोलीले अनुसन्धानमा खटिएका यहाँका २६ जना प्रहरीमाथि छानबिन भइरहेको जनाएको छ ।

“अनुसन्धानका क्रममा प्रहरीबाट भएको कमजोरी र भूमिका शङ्कास्पद देखिए हामी कडाभन्दा कडा कारवाही गर्छौं ।”-सञ्चारकर्मीसँग घटनाबारे छलफल गर्दै छानबिन समितिका संयोजक एआइजी बस्न्यातले भने-“छानबिन टोली दिनरात नभनेर अनुसन्धानमा खटिएको छ ।” संयोजक बस्न्यातले घटनासँग सम्बन्धित सूचना दिन सबै पक्षसँग आग्रहसमेत गरे ।


अनलाइन डेस्क