निर्मला हत्या प्रकरणः महेन्द्रनगर बजार र आसपास कर्फ्यु

  ०७५ भदौ ७ गते

निर्मला पन्तको हत्यामा संलग्न भएको भन्दै दिलिप विष्टलाई गिरफ्तार गरी सार्वजनिक गरेपछि वास्तविक दोषीलाई प्रहरीले उम्काउन खोजेको आरोपसहित भइरहेको प्रदर्शनमा प्रदर्शनकारी र प्रहरीबिच झडप बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय, कञ्चनपुरले भदौ ७ गते साँझबाट अर्को आदेश जारी नभएसम्म कर्फ्यु आदेश जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले ‘निर्मला हत्या घटनाका नाममा आन्दोलन भइरहेको र आन्दोलनले उग्ररूप लिई सार्वजनिक र सरकारी सम्पत्तिलाई क्षति पुर्‍याउन सक्ने र अराजक भीडले शान्ति भङ्ग हुन जाने स्थिति सिर्जना हुन गएको’ भन्दै आज साँझ ५ बजेबाट भोलि बिहान ५ बजे सम्म कर्फ्यु आदेश जारी गरेको जनाएको छ ।

भीमदत्त नगरपालिकाको वडा नं ३, ४, ६ र १८ का महेन्द्रनगर बजार नजिकको क्षेत्रमा कर्फ्यु  आदेश गरेको सूचना जारी गरिएको छ ।

भदौ ७ गते दिउँसो प्रदर्शनकारी र प्रहरीबिच झडप भएपछि प्रहरीले गोली प्रहार गर्दा भिमदत्त नपा–२ का अर्जुन भण्डारा, भिमदत्त नपा–३ का तेज भट्ट, वेदकोट नपा–७ का तिर्थराज पनेरु र कैलालीका सन्तोष कठरीया घाइते भएका थिए ।

कर्फ्यु  आदेशपछि महेन्द्रनगर बजार सुनसान हुनुका साथै स्थानीयबासी त्रसित भएका छन् । कर्फ्युका कारण भारतका विभिन्न स्थानबाट गड्डाचौकी नाकाबाट नेपाल आउने यात्रुहरू अलपत्र परेका छन् । कर्फ्युका कारण आम सर्वसाधारणको जनजीवन प्रभावित भएको छ ।

photo20180823kanchanpur

सम्बन्धित समाचारहरू

निर्मला हत्या प्रकरणः प्रहरीको गोली लागेर चार जना प्रदर्शनकारी घाइते

निर्मला हत्या प्रकरणः दोषीलाई उम्काउन खोजिएको भन्दै दोस्रो दिन स्थानीयबासीद्वारा प्रदर्शन

निर्मला हत्या प्रकरणः दोषीलाई उम्काउन खोजिएको भन्दै स्थानीयबासीद्वारा प्रदर्शन

बलात्कार पश्चात हत्या गरिएको घटनाको पीडित परिवारलाई आर्थिक सहयोग प्रदान

निर्मला हत्याको छानबिन तथा दोषीलाई कारबाहीको माग गर्दै मन्त्रीको ध्यानार्कषण

निर्मला पन्तका हत्यारालाई कारबाहीको माग राख्दै प्रदर्शन, आफन्तले शव बुझेनन्

अज्ञात पक्षबाट एक बालिकाको बलात्कार पश्चात हत्या


कोमलनिरन्जन भाट