निर्मला हत्या प्रकरणः निर्मला पन्तका परिवारद्वारा धर्ना स्थगन
बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका परिवारले छोरीका हत्यारा सार्वजनिक गर्न माग राखेर कात्तिक २५ गतेदेखि सुरू गरेको धर्ना फागुन १० गते स्थगीत गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय, कञ्चनपुरको मुलगेट अगाडि कात्तिक २५ गतेदेखि सुरू गरिएको धर्ना १ सय ५ दिनपछि स्थगित गरेका हुन् ।
करिब साढे तीन महिनादेखि धर्नामा बसेका निर्मलाका आमा, बुवाकोे स्वास्थ्यमा समस्या देखिएपछि धर्ना स्थगित गरेको पीडित परिवारले जनाएको छ ।
धर्नामा वसेका निर्मलाका बुबा यज्ञराजलाई स्वास्थ्यमा समस्या देखिएपछि यसअघि त्रिवि शिक्षण अस्पताल काठमाडौँमा उपचार गरिएको थियो ।
उनको औषधि सकिएको र निर्मलाकी आमा लक्ष्मीको स्वास्थ्यमा पनि समस्या देखिएपछि उनीहरूले फेरि उपचारका लागि काठमाडौँ जाने तयारी गरेका छन् ।
उनीहरूले उपचारबाट फर्किएर पुनः न्यायका लागि दबाब दिने बताएका छन् । धर्ना स्थगित गर्नुअघि उनीहरूले हत्यारा पत्ता लगाउन माग राखेर निमित्त प्रमुख जिल्ला अधिकारी शङ्कर विष्टमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।
भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मलाको हत्या भएको सात महिना भइसकेको भए पनि हालसम्म हत्यारा पत्ता लग्न सकेको छैन । प्रहरीले अनुसन्धान सूक्ष्म रूपले अघि बढाइरहेको जनाएको छ ।
साउन १० गते साथीको घरमा गएकी निर्मलाको शव साउन ११ गते भीमदत्त नगरपालिका–१८ निम्बुखेडा खोला नजिकै उखुबारीमा भेटिएको थियो ।
कोमलनिरन्जन भाट
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार आरोपित गिरफ्तार
२२ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा धनुषा जिल्ला सबैला नगरपालिका–१ स्थायी घरभई बाह्रविसे नगरपालिका–४ मा घडी पसल गरी अस्थायी बसोवास गर्दै आएका ४५ वर्षीय चन्द्रेश्वर महतोलाई प्रहरीले ०७८ वैशाख…
हत्या घटनाका आरोपित गिरफ्तार
काठमाडौं महानगरपालिका–१० बुलबुलेमार्ग बस्दै आएकी ४८ वर्षीया रोशनी राजभण्डारीको ०७८ वैशाख ४ गते साँझ हत्या गरेको आरोपमा देवर ४८ वर्षीय मोहन राजभण्डारीलाई प्रहरीले सोही दिन गिरफ्तार गरेको छ । पारिवारिक…
बालबालिकाको स्वास्थ्यको अधिकारप्रति संवेदनशील बन्न आयोगको आग्रह
गत वर्षदेखि विश्वलाई आक्रान्त पारिरहेको कोभिड–१९ को नयाँ स्वरुप नेपालमा समेत तीव्र रूपमा फैलिँदै गइरहेको र यसबाट बालबालिकाहरू बढी जोखिममा रहेको अवस्थाप्रति राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण जनाएको छ…
बलात्कार घटनाका आरोपित विरुद्ध प्रहरीमा उजुरी
३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा हंसपुर नपा–९ रुदौलीका ३२ वर्षीय अमित मण्डलविरुद्ध पीडितले वैशाख ३ गते हुलाकमार्फत जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । पीडित महिला नुहाइरहेको अवस्थामा आरोपित…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख ५ गते)
वैशाख ५ गते ४ सय १३ जना महिला र ६ सय २ जना पुरुष गरी १ हजार १५ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ८४ हजार…