निर्मला हत्या प्रकरणः दोषीलाई उम्काउन खोजिएको भन्दै स्थानीयबासीद्वारा प्रदर्शन
भीमदत्त नपा-२ की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपश्चात हत्या गरेको आरोपमा भीमदत्त नपा-१९ का ४१ वर्षीय दिलिप सिंह विष्टलाई प्रहरीले गिरफ्तार गरी भदौ ४ गते पत्रकार सम्मेलनमार्फत जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले सार्वजनिक गरेको छ ।
घटनाको २५ औँ दिन मानसिक सन्तुलन ठिक नभएका विष्टलाई गिरफ्तार गरी सार्वजनिक गरेपछि वास्तविक दोषीलाई प्रहरीले उम्काउन खोजेको भन्दै पीडित परिवार र स्थानियबासीहरूले भदौ ५ गते नाराबाजी गर्दै महेन्द्रनगर बजार बन्दको आह्वान गरेका छन् ।
पीडित पक्षले मानसिक सन्तुलन नभएको व्यक्तिलाई गिरफ्तार गरी सार्वजनिक गरेर वास्तविक दोषीलाई उम्काउन खोजेको आरोप लगाएको हो ।
प्रदर्शनपछि महेन्द्रनगर बजार पूर्ण रूपमा बन्द रहेको छ भने सार्वजनिक यातायात, शिक्षण संस्थाहरू सञ्चालन हुन सकेका छैनन् ।
भीमदत्त नपा-२ निम्बुखेडाकी १३ वर्षीया निर्मला पन्तलाई साउन ११ गते अज्ञात पक्षले बलात्कारपश्चात हत्या गरेको अवस्थामा फेला परेकी थिइन् ।
साउन १० गते मध्यान्ह १२ बजेतिर घरबाट साथीको घर जाने भनेर निस्केकी निर्मलाको शव भीमदत्त नपा- १८ उखुवारीमा साउन ११ गते फेला परेको थियो ।
कोमलनिरञ्जन भाट
सम्बन्धित समाचारहरू
प्रतिबन्धित नेकपाका सचिवालय सदस्य सहित तीन जना गिरफ्तार
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य सहित तीन जनालाई प्रहरीले पुस २९ गते बागमती गाउँपालिका–७ गिम्दीस्थित खुर्मीको पुलबाट गिरफ्तार गरेको छ । गिरफ्तार गरिएकाहरूमा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बागमती गाउँपालिका–७ गिम्दीका ३२ वर्षीय शङ्कर सापकोटालाई प्रहरीले माघ १ गते गिरफ्तार गरेको छ । पीडित बालिकाले आफूलाई आरोपितले घरमै आई प्रलोभनमा पारी, डरत्रास…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ २ गते)
माघ २ गते २ सय ७० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६६ हजार ८ सय १६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…
आमाको हत्या गरेको आरोपमा छोरा गिरफ्तार
सन्धिखर्क नगरपलिका–१ तुमकोटकी ५५ वर्षीया हीराकुमारी नेपालीको हत्या गरेको आरोपमा प्रहरीले छोरा २३ वर्षीय बिमल नेपालीलाई पुस २९ गते गिरफ्तार गरेको छ । आमा हीरालाई आरोपितले पुस २९ गते मादक…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ १ गते)
माघ १ गते ४ सय ३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६६ हजार ५ सय ४६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…