निर्मलाको भजाइनल स्वाबसँग आमाको डिएनए म्याच
बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको योनीबाट सङ्कलन गरिएको भजाइनल स्वाबबाट तयार पारिएको डिएनए प्रोफाइलसँग आमाको डिएनए प्रोफाइल मिलेको छ ।
बालिका निर्मला पन्तको भजाइनल स्वाबबाट तयार पारिएको डिएनए प्रोफाइल उनको हो होइन भन्ने पुष्टि गर्न पुस २५ गते उनकी आमा दुर्गादेवी पन्तको रगतको नमूना सङ्कलन गरिएको थियो ।
निर्मलाको भजाइनल स्वाबबाट तयार पारिएको डिएनए प्रोफाइलसँग आमा दुर्गादेवी पन्तको रगतको नमूनाबाट तयार पारिएको डिएनए प्रोफाइलसँग मेल खाएको रिपोर्ट आएको जिल्ला प्रहरी कार्यालयका एसपी कुवेर कडायतले बताए ।
निर्मला पन्तको योनीबाट सङ्कलन गरिएको भजाइनल स्वाबबाट तयार पारिएको डिएनए प्रोफाइल निर्मलाको भए नभएको पुष्टि गरिदिन निर्मलाकी आमाले आग्रह गरेकी थिइन् ।
पुष्टि गर्नका लागि निर्मलाकी आमा दुर्गादेवी पन्तले आफ्नो रगतको नमूना दिएकी थिइन् । गत पुस २६ गते उनको रगतको नमूना सङ्कलन गरेर काठमाडौँ पठाएको थियो ।
जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले रगतको नमूना सङ्कलन गरेर प्रहरीको प्रयोगशाला र विधि विज्ञान दुवै ठाउँमा नमूना पठाएको थियो । रिपोर्टमा दुवैको डिएनए प्रोफाइल ९९ दशमलव ९९ प्रतिशत मेल खाएको जिल्ला प्रहरी कार्यालयले जनायो ।
०७५ पुस १५ गते दोस्रो पटक प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल कञ्चनपुर पुगेका बेला अधिकारकर्मीले समेत निर्मलाको शरीरबाट सङ्कलन गरिएको भजाइनल स्वाबमा नै शङ्का रहेकाले निवारणका लागि आमाबुवाको डिएनए परीक्षण गर्नुपर्ने माग राखेका थिए ।
कोमलनिरन्जन भाट
सम्बन्धित समाचारहरू
वडा अध्यक्षले कुटपिट गरेको घटनाको उजुरी प्रहरीले दर्ता नगरेको पीडितको आरोप
विदेह नपा–४ ठारहीका ४५ वर्षीय सुरुवा पासवान र ३५ वर्षीय गणेशकुमार पासवानलाई सोही वडाका वडा अध्यक्ष ४० वर्षीय विनोद गोहिमानले कुटपिट गरेको भन्दै इलाका प्रहरी कार्यालय खजुरीमा फागुन ११ गते…
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय लहानले फागुन १६ गते १६ वर्षीय बालकविरूद्ध उजुरी दर्ता गरेको छ । पीडित बालिकालाई आरोपित बालकले फागुन ९ गते बलात्कार गरेको…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (फागुन १७ गते)
फागुन १७ गते ७३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७४ हजार २ सय १६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा…
कारागारमा दुई समूहबिच झडप हुँदा ६ जना घाइते
जिल्ला कारागार तनहुँमा फागुन १७ गते दिउँसो दुई समूहबिच झडप हुँदा ६ जना कैदीबन्दी घाइते भएका छन् । अन्यत्रका कैदीबन्दीलाई तनहुँ कारागारमा स्थान्तारण गरेपछि नाइके बन्ने विषयमा दुई समूहबिच झडप…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले आरुघाट गाउँपालिका–६ का २६ वर्षीय काशिराम सुनारलाई गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले फागुन ८ गते मोटरसाइकलमा मामा घर पुर्याइदिन्छु भन्दै आफ्नो घर…