नाम छुटेको भन्दै १ हजार ५ सय भूकम्प पीडितको निवेदन दर्ता

  ०७३ चैत १९ गते

भूकम्प पीडितहरूको लगत सङ्कलनका क्रममा नाम छुटेको भन्दै १ हजार ५ सय जनाले जिल्ला समन्वय समिति चितवनमा निवेदन दर्ता गरेका छन् ।

जिल्ला विपद व्यवस्थापन समिति चितवनका सदस्य एवम् समन्वय समिति चितवनका सूचना अधिकारी बलराम लुईँटेलले अझै निवेदन आउने क्रम जारी रहेको बताए ।

जिल्ला लगत सङ्कलन तथा व्यवस्थापन कार्यालय चितवनले लगत सङ्कलनको काम अन्तिममा रहेको बेला छुटेको भन्दै गुनासो आएको जनाएको छ । जिल्ला लगत सङ्कलन तथा व्यवस्थापन कार्यालय चितवनका संयोजक जिवनाथ आचार्यले तोकिएको सूचीको आधारमा मात्रै आफूहरूले लगत सरूकलन गरेको बताए ।

जिल्ला लगत सङ्कलन समितिका अनुसार अहिलेसम्म चितवनमा १४ हजार ५ सयको लगत सङ्कलन भएर केन्द्रमा पठाइसकिएको छ । चितवन जिल्लामा १८ हजार ७ सय ५२ परिवारले भूकम्पपीडित भनेर राहतका लागि निवेदन दर्ता गराएका थिए । नाम दोहोरिएकाले केही सङ्ख्या घटेको समितिले जनाएको छ ।


दिपेन्द्र अधिकारी