नाबालक अपहरणका आरोपित गिरफ्तार

०७५ माघ २८ गते

तीन वर्षीया बालिका अपहरणको आरोपमा घोराही उपमहानगरपालिका–९ ढिकपुरका २७ वर्षीय प्रयास चौधरीलाई प्रहरीले माघ २८ गते गिरफ्तार गरेको छ ।

खाडा गाउँपालिका–४ कालिकोट स्थायी घर भई हाल अभिभावकसँग घोराही उपमनपा–१४ कपासीमा डेरागरी बस्ने बालिकालाई माघ २८ गते डेराबाटै अपहरण गरी लगेको प्रहरीले जनायो ।

आँगनमा खेल्दै गरेकी बालिका दिउँसो साढे एक बजेबाट एकाएक हराएपछि प्रहरीलाई खवर गरेपछि प्रहरीले चार घण्टापछि घोराही उमनपा–१४ रतनपुर चोकमा बस पर्खिरहेको अवस्थामा फेला पारेको दाङका प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले जानकारी दिए ।

बालिकालाई सकुशल उद्दार गरी अभिभावकको जिम्मा लगाइएको र चौधरीलाई अपहरण तथा शरीर बन्धकसम्बन्धी मुद्दा दर्तागरी अनुसन्धान थालिएको प्रहरीले जनायो ।


जे.एन.सागर