नागरिक समाज तथा अधिकारकर्मीहरूको विरोध प्रदर्शनमा प्रहरीद्वारा हस्तक्षेप
प्रतिनिधिसभा विघटनविरुद्व नागरिक समाजले माघ १२ गते बालुवाटार क्षेत्रमा गरेको विरोद प्रदर्शन तथा पदयात्रामा प्रहरीले हस्तक्षेप गरेको छ । प्रहरीले विरोध प्रदर्शन तथा पदयात्रामा संलग्नहरूमाथि हस्तक्षेप गरी पानीको फोहोरा सहित लाठीचार्ज समेत गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभा विघटन गर्ने कदम असंवैधानिक भएको भन्दै त्यसको विरोधमा नागरिक अगुवाहरूले गरको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको प्रदर्शनमा संलग्न पत्रकार तथा लेखक नारायण वाग्लेले बताउनु भयो ।
प्रहरीको लाठीचार्ज र पानीको फोहोरा प्रहारबाट आफूलगायत राष्ट्रिय मानव अधिकार आयोगका पूर्व आयुक्त मोहना अन्सारी लगायत अरुणदेव जोशी, निर्घ नवीन, सङ्घर्ष दाहाल, स्वर्णिम दिनेश लगायत अभियन्ता घाइते भएको नारायण वाग्लेले बताउनुभयो ।
घाइतेमध्ये निर्घको त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज र सङ्घर्ष र स्वर्णिमलाई मोडल अस्पतालमा उपचारका लागि लगिएको छ ।
नागरिक अगुवाहरूको पदयात्रा कमलपोखरीबाट हात्तीसार, नागपोखरी, नक्साल हुँदै भाटभटेनीबाट बालुवाटारतर्फ बढ्ने क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो ।
प्रदर्शनमा संलग्नहरूले निषेधित क्षेत्रको सुरक्षा घेरा तोडेर अघि बढ्ने क्रममा प्रहरीले लाठीचार्ज गर्नुपरेको महानगरीय प्रहरी परिसर टेकुका एसएसपी काठमाडौं प्रहरी प्रमुख अशोक सिंहले जानकारी दिनुभयो ।
यसैगरी बालुवाटार केन्द्रित बिरोध प्रदर्शनमा संलग्न मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडसहित समाजका सभापति उत्तम पुडासैनी, सदस्य कृष्ण कँडेल, सचिव बलबहादुर गाहा मगर, कोषाध्यक्ष रामकृष्ण बराल, केन्द्रीय सदस्य नम्रता खरेल, ललितपुर शाखा सभापति चन्द्रमणी बञ्जारा, काठमाडौँ शाखा सभापति जगन्नाथ पुडासैनी, अधिकारकर्मीहरू रामचन्द्र खतिवडा, सुरज बोहरा, ईश्वर पुडासैनी, रमेश बराल, पुरुषोत्तम घिमिरे, उमा गौतम, माँया भट्टराई, लक्ष्मी राना, सानु लामा, आरएस महतो, डिकम्बर राणा, भगवान पुडासैनी, किरण ढकाल, रोज विष्ट, किङकङ राई, संजोग राई, मोहीणीप्रसाद आचार्य सहित २६ जना नागरिक समाजका अगुवाहरूलाई प्रहरीले गिरफ्तार गरेको छ । उनीहरूलाई नेपाल पुलिस क्लब भृकुटीमन्डपमा चार घण्टा राखेर रिहा गरिएको छ ।
प्रतिनिधिसभा भङ्ग गर्ने प्रधानमन्त्री केपी ओलीको कदमका विरुद्ध आन्दोलन गर्दै आएको मानव अधिकार तथा शान्ति समाजले सरकारले अदालतलाई प्रभाव पार्न खोजेको, राज्य संयन्त्रको दुरुपयोग गरेको, प्रधानमन्त्री र मन्त्रीहरूले आपत्तिजनक अभिव्यक्ति दिएको र मुलुकमा किर्तेतन्त्र चलाएको भन्दै विरोध प्रदर्शन गरेको एक विज्ञप्ति प्रकाशन गरी जनाएको छ ।
विमला पौडेल
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार गरेको कसुरमा २ महिना कैद सजायको फैसला
१९ वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको कसुरमा सल्यानको बनगाड कुपिण्डे नगरपालिका –२ का २८ वर्षीय गोपाल सुनारलाई जिल्ला अदालत सल्यानले दुइ महिना कैद तथा १० हजार क्षतिपुर्तिको फैसला गरेको छ…
हत्या घटनाका आरोपित गिरफ्तार पछि प्रहरीद्वारा सार्बजनिक
रेसुङ्गा नगरपालिका– ३ की २१ वर्षीया सम्झना बोहराको हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका ४७ वर्षीय लालबहादुर खत्रीलाई फागुन १७ गते गिरफ्तार गरी प्रारम्भिक अनुसन्धानबाट हत्यामा सङ्लग्न रहेको पाइएपछि प्रहरीले…
सामुहिक बलात्कार घटनाका एक जना आरोपित गिरफ्तार
३२ वर्षीया महिलालाई सामुहिक बलात्कार गरी फरार रहेका जुगल गाउँपालिका–४ का २० वर्षीय दिलिप सापकोटालाई ०७७ फागुण १९ गते चौतारा बजारबाट गिरफ्तार गरेकोे जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रामचन्द्र घिमिरेले बताउनुभयो…
दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
हेटौँडा उपमहानगरपालिका–१५ स्थित रिद्धीसिद्धी सिमेन्ट उद्योगका महिला कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले फागुन १७ गते उद्योगका महाप्रबन्धक तथा पूर्व एसएसपी ५८ वर्षीय लोकेन्द्रबहादुर मल्ललाई गिरफ्तार गरेको छ । आरोपितले उद्योगमा…
सदरमुकाममा भन्सार कार्यालय, ३ हजार रुपियाँ राजश्व बुझाउनका लागि १५ हजार रुपियाँ खर्च
जिल्लाको उत्तरी क्षेत्रमा रहेको किमाथाङ्का सीमा भन्सार कार्यालय सदरमुकाम खाँदबारीमा बस्दा सेवाग्राहीले सास्ती पाएका छन् । ३ हजार २ सय ५४ रुपियाँ भन्सार राजश्व बुझाउँन पाँच दिनको पैदल यात्रा गरी…