नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय अनुबन्धको छाया प्रतिवेदन संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार समितिमा पेस
नेपाली नागरिक संस्थाहरूको सञ्जाल मानव अधिकार सन्धि अनुगमन समन्वय केन्द्र (एचआरटिएमसीसी) को सचिवालय अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले पुस २० गते संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार समितिमा नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी छाया प्रतिवेदन पेस गरेको छ ।
प्रतिवेदनमा विगत आठ वर्षको अवधिमा मुलुकको नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अवस्था र सुधारका लागि सुझावहरु प्रस्तुत गरिएको छ ।
प्रतिवेदनमा राष्ट्रिय मानव अधिकार संस्थाहरू, दण्डहीनता, लैङ्गिक समानता, जातीय विभेद, गैरन्यायिक हत्या र यातना, स्वेच्छाचारी गिरफ्तारी, जेल र हिरासतको अवस्था, महिलाविरूद्धका हिंसा, घरेलु हिंसा, बालबालिकालाई दिइने शारीरिक दण्ड सजाय, स्वच्छ न्याय र बाल न्यायसम्बधी विषयवस्तु समेटिएको छ ।
सन् २०११–२०१८ को अवधिको पाँचौँ र छैठौँ आवधिक छाया प्रतिवेदन पेस गरिएको मानव अधिकार सन्धि अनुगमन समन्वय केन्द्रको सचिवालयकी फोकल पर्सन सम्झा श्रेष्ठले जानकारी दिनु भयो ।
मानव अधिकार सन्धि अनुगमन समन्वय केन्द्रको नागरिक तथा राजनीतिक अधिकारको अन्तर्राष्ट्रिय अनुबन्धसम्बन्धी समितिको संयोजक संस्था इन्हुरेड इन्टरनेशनलले अन्य सदस्य संस्थासँगको समन्वयमा प्रतिवेदन तयार पारेको हो ।
नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय अनुबन्ध–१९६६ लाई नेपालले १९९१ मा नै अनुमोदन गरेको हो । त्यसैगरी यो अनुबन्धका इच्छाधिन आलेख पहिलो र दोस्रोको पनि नेपाल पक्ष राष्ट्र भइसकेको छ ।
पहिलो इच्छाधिन आलेखमा व्यक्तिगत उजुरीको प्रावधान राखिएको छ भने दोस्रो इच्छाधिन आलेखमा मृत्युदण्ड उन्मुलनसम्बन्धी व्यवस्था गरिएको छ ।
प्रतिवेदन पढ्नका लागि यहाँ क्लिक गर्नुहोस्
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
इन्सेक प्रतिनिधिद्वारा पुरस्कार रकम पीडित परिवारलाई हस्तान्तरण
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) चितवन प्रतिनिधि दिपेन्द्र अधिकारीले मानव अधिकारको क्षेत्रमा उत्कृष्ट कार्य गरे वापत प्राप्त गरेको पुरस्कार मानव अधिकार उल्लङ्घनका पीडित परिवारलाई हस्तान्तरण गर्नु भएको छ । इन्सेकले…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (फागुन १२ गते)
फागुन १२ गते ९४ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७३ हजार ७ सय ६० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा…
कुटपिट घटनाका आरोपित शिक्षक गिरफ्तार
भीमदत्त नगरपालिका–९ मटैनास्थित बैजनाथ सिद्धनाथ माध्यामिक विद्यालयमा अध्ययनरत १४ वर्षीया बालिका मनिका नाथलाई कुटपिट गरेको आरोपमा प्रहरीले विद्यालयका प्रधानाध्यापक खडकसिंह बिष्टलाई फागुन १० गते गिरफ्तार गरेको छ । फागुन १०…
बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार
२० वर्षीया युवतीलाई बेचबिखन तथा ओसारपसारको प्रयास गरेको आरोपमा प्रहरीले केआइसिंह गाउँपालिका-३ का २० वर्षीय राहुल पार्कीलाई फागुन ११ गते अत्तरियाबाट गिरफ्तार गरेको छ । आरोपितले पीडित युवतीलाई भारतको हैदरावाद…
बलात्कार गरेको कसुरमा ११ वर्ष कैद सजायको फैसला
२२ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा सूर्यगढी गाउँपालिका–९ का २८ वर्षीय सोमबहादुर तामाङलाई जिल्ला अदालतले ११ वर्ष कैद सजाय सुनाएको छ । जिल्ला न्यायाधीश उमेशप्रसाद लुँइटेलको फागुन १० गतेको इजलासले…