नवनिर्वाचित सभामुख सापकोटाद्वारा सपथ ग्रहण, विरोध गर्ने अधिकारकर्मीहरू गिरफ्तार

  ०७६ पुस १३ गते

नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले पुस १३ गते पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको छ । राष्ट्रपति कार्यालय शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट उहाँले सपथ ग्रहण गर्नुभएको हो ।

सभामुखमा माघ १२ गते निर्विरोध निर्वाचित भएका सापकोटाको सपथ कार्यक्रमस्थल राष्ट्रपति कार्यालय शितल निवास अगाडि प्रदर्शन गर्न पुगेका मानव अधिकारकर्मीहरू गिरफ्तारी परेका हुन् । उहाँले सपथ लिइरहँदा राष्ट्रपति कार्यालय बाहिर मानव अधिकारकर्मीहरूले विरोध गरेका थिए । विरोध प्रदर्शन गर्ने मध्यका १२ जना अधिकारकर्मीहरूलाई प्रहरीले गिरफ्तार गरेको छ ।

आफ्ना पतिको हत्यामा संलग्न भएको भन्दै सापकोटा विरूद्ध मुद्दा लडिरहेकी पूर्णिमाया लामालगायत १२ पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका एसएसपी उत्तम सुवेदीले जानकारी दिनुभयो । उनीहरूलाई निषेधित क्षेत्र तोडेकाले गिरफ्तार गरिएको सुवेदीले बताउनुभयो ।

गिरफ्तार पर्नेहरूमा पूर्णिमाया लामाका साथै, अधिकारकर्मी चरण प्रसाईं, महामुनिश्वर आचार्य, जनक राउत, एलिना गौतम, निरन्जन थपलिया, विपिन बुढाथोकी, शंकर बुढाथोकी, बालकृष्ण गजमेर, जेसिलिन राना, प्रशान्त त्रिपाठी र राजन कुइँकेल छन् । अदालतमा विचाराधीन मुद्दा हुँदाहुँदै सापकोटालाई सभामुख बनाइएको भन्दै मानवअधिकारवादीहरूले विरोध प्रदर्शन गरेका हुन् ।

सापकोटामाथि २०६२ सालमा तात्कालिन माओवादीको अपहरणमा परेका काभ्रे छत्रेबाँझका अर्जुन लामाको हत्या गरेको आरोप छ । अपहरण गरेर लगिएका लामाको शव दुई महिनापछि गाडिएको अवस्थामा काभ्रे बुढाखानीमा फेलापरेको थियो ।

लामाको हत्यामा सापकोटा र पूर्वराज्यमन्त्रीसमेत रहेका सूर्यमान दोङको संलग्नता रहेको भन्दै लामाकी श्रीमती पूर्णिमाया लामाले जिल्ला प्रहरी कार्यालय काभ्रेमा जाहेरी दरखास्त दिएकी थिइन् ।

द्वन्द्वका समयमा काभ्रेमा मारिएका अर्जुन लामाको हत्या आरोप लागेका सापकोटाको मुद्दा सर्वोच्च अदालतको संवैधानीक इजालसमा विचाराधीन छ । सो मुद्दाको पेशी यही माघ २२ गते तोखिएको छ ।

यस बीच सापकोटालाई सभामुख नबनाउन माग गर्दै सर्वोच्च अदालतमा माघ १० गते दायर भएको रिटको आज सर्वोच्च अदालतमा बहस भए पनि बहस नसकिएकोले हेर्दाहेर्दैको सूचमा माघ १४ गतेलाई सारिएको छ ।  रिटमा न्यायाधीश सपना प्रधान मल्लको एकल इजालसमा सुनुवाईका लागि तोकिएकोमा निवेदकका तर्फबाट बहस नसिकिएकोले अर्को सुनुवाई भोलिका लागि सरेको हो ।


बिमला पौडेल