नवजात शिशु हत्या घटनाका आरोपित गिरफ्तार

  ०७३ भदौ ९ गते

नवजात शिशुको मुख च्यातेर हत्या गरेको आरोपमा विजौरी गाविस-३ मनिकापुरकी २० वर्षीया पार्वती विकलाई प्रहरीले भदौ ८ गते गिरफ्तार गरेको जनाएको छ ।

अवैध सम्बन्धबाट जन्मिएको बालिकालाई घरमा जन्म दिएकी विकले हत्या गरी झोलामा घरभित्र लुकाएर उपचारका लागि राप्ती अञ्चल अस्पताल पुगेपछि घटना सार्वजनिक भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार महिनावारी गडवडिले रक्तश्राप भइरहेको भन्दै उपचारका लागि अस्पताल पुगेकी विकको अवस्था देखेपछि चिकित्सकले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले तत्काल उनकै खानतलासी गर्दा नवजात शिशुको हत्या गरी झोलामा लुकाएको अवस्थामा फेला पारेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी कृष्ण प्रर्साईले जानकारी दिए ।

नवजात शिशु हत्याको आरोपमा विकलाई प्रहरीले निगरानीमा राखेर उपचार गरिरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनायो । बालिकाको अञ्चल अस्पताल तुलसीपुरमा पोष्टमार्टम गरिएको प्रहरीले जनायो ।


जे.एन.सागर