नवजात शिशु हत्या घटनाका आरोपित गिरफ्तार

  ०७४ मङ्सिर १३ गते

तारकेश्वर गाउँपालिका-२ तारूकाकी २२ वर्षीया सविना अधिकारी र उनका २३ वर्षीय देवर विनोद अधिकारीलाई नवजात शिशु हत्या गरेको आरोपमा प्रहरीले मङ्सिर १३ गते गिरफ्तार गरेको छ ।

नवजात शिशुको मङ्सिर १२ गते जन्मिनासाथ हत्या गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर कैलाश भट्टराईले जानकारी दिए ।


नवदीप श्रेष्ठ