नवजात शिशु हत्या गरेको कसुरमा जन्म कैदको फैसला

  ०७५ असोज १४ गते

बच्चा जन्माएर जिउँदै फ्याँकेको आरोपमा पूर्पक्षका लागि थुनामा रहेकी फाकफोकथुम गाउँपालिका– ७ की २३ वर्षीय मिना देवानविरूद्ध जिल्ला अदालतले असोज १४ गते जन्म कैदको सजाय सुनाएको छ ।

न्यायाधीश इन्द्रकुमार चोङ्गटेन्लीको इजलासले मिनाविरूद्ध मुलुकी ऐनको ज्यानसम्बन्धी महलको १३(३) बमोजिम जन्म कैद सुनाएको अदालतका श्रेस्तेदार निरज पोख्रेलले जानकारी दिए ।

०७४ चैत २२ गते बेलुका ९ बजेतिर नवजात शिशु जन्माएर बारीमा फ्याँकेको र शिशु रोएको आवाज सुनेपछि गाउँलेले प्रहरीमा खबर गरेका थिए ।

चैत २३ गते मिनालाई प्रहरीले गिरफ्तार गरेको थियो । मिनाका पति वैदेशिक रोजगारीमा रहेको र अवैध सम्बन्धबाट बच्चा जन्मिएपछि मिनाले बच्चा मारेको जनाइएको छ ।


कोकिला ढकाल