नवजात शिशु हत्या आरोपमा आमा गिरफ्तार

  ०७५ मङ्सिर २२ गते

नौबहिनी गाउँपालिका–२ की २१ वर्षीया जिमा घर्तीलाई प्रहरीले नवजात शिशु हत्या गरेको अरोपमा मङ्सिर २० गते गिरफ्तार गरेको छ ।

आरोपित महिलाले मङ्सिर १९ गते शिशुलाई जन्म दिएर घर छेउको खोलामा गाडेको आफन्तले थाहा पाएपछि मङ्सिर २० गते प्रहरीमा उजुरी दिएका थिए ।

आरोपितलाई गिरफ्तार गरी अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको इन्स्पेक्टर  गिताप्रसाद चौधरीले बताए ।

शवको  पोष्टमार्टम मङ्सिर २१ गते प्राथमिक स्वास्थ्य केन्द्र भिङ्ग्रीमा गरिएको पनि इन्स्पेक्टर चौधरीले बताए ।


रविन्द्र पाण्डे