नवजात शिशुको हत्या गरेको घटनाका आरोपित गिरफ्तार

  ०७३ असोज ९ गते

नवजात शिशुको हत्या गरेको आरोपमा भेरीमालिका नपा-१३ इमेचौरकी २६ वर्षीया कमला विकलाई असोज ७ गते प्रहरीले गिरफ्तार गरेको छ ।

नवजात शिशुलाई आरोपितले असोज ६ गते गाउँबाट केही टाढा झाडीमा फालेको आरोपमा कमलाका ससुरा रामबहादुर विकले असोज ७ गते प्रहरी चौकी कुदुमा उजुरी दिएका थिए ।

आमाले झाडीमा फालेको नवजात शिशु असोज ७ गते मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । आरोपित कमलाको स्वास्थ्य अवस्था गम्भीर रहेकोले मिसन अस्पताल चौरजहारीमा प्रहरीको निगरानीमा उपचार भइरहेको छ ।

उपचार पश्चात शिशु हत्याको विषयमा कानुनी कारबाही अघि बढाइने जिल्ला प्रहरी कार्यालय जाजरकोटका इन्स्पेक्टर हिक्मत बोहोराले बताए ।

 


दिनेशकुमार श्रेष्ठ