नयाँ शक्ति पार्टीका उम्मेदवारको गाडीमा तोडफोड

  ०७४ मङ्सिर १८ गते

कैलाली निर्वाचन क्षेत्र नम्बर- ३ (ख) प्रदेश सभाका उम्मेदवार कृष्णकुमार चौधरीले चुनावी प्रचारप्रसारमा प्रयोग गर्दै आएका बा ११ च ५२८८ नम्बरको गाडीमा मङ्सिर १७ गते राति तोडफोड भएको प्रहरीले जनाएको छ ।

घोडघोडी नपा-७ का वडा सदस्य नवीन विष्टको नेतृत्वमा रहेको टोलीले गाडीको अगाडि र पछाडिको सिसा फुटाएको र आफूले विष्टको टोली विरूद्ध इलाका प्रहरी कार्यालय सुखडमा उजुरी दिएको उम्मेदवार चौधरीले बताए ।

तोडफोडको क्रममा सिसाका टुक्राले लागेर उम्मेदवार चौधरीका छोरालाई सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालयका डिएसपी बिरबहादुर बुढामगरले बताए । उनले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।


रविना चौधरी