नन्दप्रसाद अधिकारीको शव पाँच वर्षदेखि टिचिङमा नै !
छोराका हत्याराहरूमाथि कानुनी कारबाहीको माग गर्दै आएका गोरखा फुजेलका नन्दप्रसाद अधिकारीको मृत्यु भएको पाँच वर्ष पुगेको छ ।
१७ वर्षीय छोरा कृष्णप्रसाद अधिकारीको हत्याका आरोपितहरूलाई कानुनी कारबाहीको माग गर्दै अनसन बसेका नन्दप्रसादको ३ सय ३४ दिनको दिन ०७१ असोज ६ गते मृत्यु भएको थियो ।
उनको मृत्युको पाँच वर्षपुगेको दिनको अवसर पारेर विभिन्न अधिकारकर्मीहरूले असोज ६ गते वीर अस्पतालमा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेको बताए ।
कार्यक्रममा नन्दप्रसादकी पत्नी गङ्गामाया अधिकारीले आफ्नो पतिको मृत्यु भएको यतिका वर्षसम्म पनि आफ्ना मागहरूको सुनुवाइ सरकारले नगरेको र अबका दिनमा आफू पनि अनसन नै बसेर मृत्युलाई स्वीकार गर्ने बताएकी छन् ।
पाचौँ स्मृति दिवसका अवसरमा राष्ट्रिय मानव अधिकार सङ्गठनका अध्यक्ष इन्द्रप्रसाद अर्यालले नन्दप्रसादको शवलाई समेत न्याय दिन नसकेको आरोप लगाए ।
अधिकारकर्मी चरण प्रसाईले गङ्गामायालाई नेपाल सरकारले नै न्याय दिनु पर्ने बताउँदै भने-'यदि सरकारले न्याय नदिने हो भने अन्तर्राष्ट्रिय ढोका ढ्कढक्याउन जान आफूहरूलाई बाध्य नबनाउन आग्रह गरे ।
गङ्गामायाका छोरा कृष्णप्रसाद अधिकारीको ०६१ जेठ २४ गते चितवनमा तत्कालीन माओवादीका कार्यकर्ताले निर्ममतापूर्वक हत्या गरेको भन्दै आरोपितलाई पहिचान गरी कारबाहीको मागसहित उनी लामो समयदेखि सङ्घर्षरत छिन् । नन्दप्रसाद अधिकारीको शव टिचिङ्ग अस्पतालमा रहेको छ ।
विमला पौडेल
सम्बन्धित समाचारहरू
एक सातादेखि विद्यालयमा तालाबन्दी हुँदा पठनपाठन प्रभावित
खार्पुनाथ गाउँपालिका–१ स्थित कैलाश आधारभूत विद्यालयमा ०७७ चैत २९ गतेबाट तालाबन्दी हुँदा विद्यार्थीहरूको पठनपाठन प्रत्यक्ष रूपमा प्रभावित भएको छ । प्रधानाध्याक नियुक्तिमा दलीय विवाद हुँदा सो विद्यालयका विद्यार्थीहरूको पठनपाठन प्रभावित…
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी
३२ वर्षीया महिलालाई ०७७ चैत १७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले बाँके जिल्ला कोहलपुर नपा–२ आनन्दनगरका ३२ वर्षीय रमेश मिजारविरुद्ध वैशाख ६ गते जिल्ला प्रहरी कार्यालय सल्यानमा उजुरी दिएको…
स्थानीयद्वारा रेडियो श्रीनगरमा तोडफोड गरेको व्यवस्थापनको आरोप
अदानचुली गाउँपालिका–२ मा रहेको रेडिया श्रीनगरमा अदानचुली गाउँपालिकाका केही स्थानीयले वैशाख ३ गते तोडफोड गरेको रेडियो व्यवस्थापनले आरोप लगाएको छ । रेडियोमा कोही नभएको मौका पारी अदानचुली गाउँपालिका–२ श्रीनगरका २१…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख ६ गते)
वैशाख ६ गते १ हजार २ सय २७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ८५ हजार ९ सय पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।…
मानव बेचबिखन घटनाका आरोपित गिरफ्तार
२१ वर्षीया युवतीलाई जबरजस्ती यौन कार्य गराएको आरोपमा प्रहरीले कावासोती नपा–२ लोकनाथ पोख्ररेललाई गिरफ्तार गरेको छ । कावासोती नपा–२ स्थित एक होटलमा यौन व्यवसाय सञ्चालन हुँदै आएको सूचनाका आधारमा प्रहरीले…