नगर सभाद्वारा स्वास्थ्य सेवा र कृषी व्यवसाय प्रबद्र्र्वन ऐन पारित

  ०७६ फागुन २३ गते

कृष्णपुर नगरपालिकाको छैठौँ नगर सभाले फागुन २२ गते नगरपालिकाले तयार पारेको स्वास्थ्य सेवा ऐन २०७६ र कृषी व्यवसाय प्रबद्र्र्वन ऐन २०७६ पारित गरेको छ ।

कृष्णपुर नगरपालिकाका नगर प्रमुख कर्णबहादुर हमालले नगरको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन स्वास्थ्य सेवा ऐन २०७६ मा  ‘उप मेयरसँग सुत्केरी महिला’, पौष्टीक आहार कार्यक्रम, सबै वडामा दक्ष स्वास्थ्यकर्मी सहितको स्वास्थ्य केन्द्र लगायतका  महत्वपूर्ण कार्यक्रम ऐनमा समेटिएको नगर प्रमुख हमालले बताउनु भयो ।

यसैगरी सुरक्षीत मातृत्व कार्यक्रम अन्र्तगत नियमित स्वास्थ्य चेकजाँच गर्ने महिलालाई नरपालिकाले ५ सय रुपियाँ सुत्केरी भत्ता तथा २ हजार रुपियाँ बराबरको पौष्टीक आहार दिने व्यवस्थाका साथै सुत्केरी महिला र जेष्ठ नागरिकलाई निशूल्क ल्याब सेवा प्रदान गर्ने समेत नगरप्रमुख हमालले बताउनु भयो ।

उहाँले भन्नु भयो – ‘कृषीमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ कृषी व्यवसाय प्रवद्र्धन ऐन पारित गरेका छौँ । कृष्णपुर जिल्लाकै उत्कृष्ट कृषी औद्योगिकरणको सम्भावना बोकेको क्षेत्र हो । हामीले केन्द्र र प्रदेशका कृषी कार्यक्रमसँग स्थानीय सरकारका नयाँ कार्यक्रम समेत ल्याएका छौँ । यसलाई व्यवस्थित गर्न कार्यविधि तयार गरिएको छ ।’

नगर प्रमुख हमालका अनुसार नगरपालिकाले उत्पादन सम्भावनाको अध्ययन गरि ‘एक वडा, एक उत्पादन’ कार्यक्रममा नगरपालिकाले जोड दिएको छ । ‘नगरपालिकाले हरेक वडालाई कृषीमा आत्मनिर्भर बनाउन चाहेको छ ।’ उहाले भन्नु भयो ‘स्थानीय सरकारले व्यवसायिक किसानलाई अनुदानसँगै प्राविधिक सहयोग र बजारीकरणको व्यवस्था गरेको छ ।’

नगरसभाले आर्थिक वर्ष २०७६/०७७ का योजनामा भएको कार्यान्वयन समस्यालाई मध्यनजर गर्दै योजना परिवर्तन एवम् संशोधन सहित रकमान्तर समेत गरेको नगर प्रमुख हमालले बताउनु भयो ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा स्थानीय सरकारले गर्नु पर्ने दुई नगर सभामध्ये दोस्रो सभा पुस महिनामा सम्पन्न गरी  सक्नु पर्ने हुन्छ ।

 


कोमलनिरन्जन भाट