नगरपालिकाको सवारी साधनमा आगजनी

  ०७६ असार १० गते

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) कावासोती नगरपालिकाको सवारीमा असार १० गते अपरिचित व्यक्तिहरूको समूहले आगजनी भएको छ ।

नगरपालिकाका उपप्रमुख प्रेमशङ्कर मर्दनिया चढ्ने लु १ झ ३२१ नम्बरको स्कर्पियोमा आगजनी भएको हो ।

उपप्रमुख मर्दनियाको घर अगाडि पार्किङ्गमा राखेको सवारीमा राति १ः३० बजे मोटरसाइकलमा आएका अपरिचित व्यक्तिहरूको समूहले आगजनी गरेको हो ।

सवारी साधनको पछाडिको भागमा पेट्रोल छर्केर आगजनी गरिएको प्रहरीले जनाएको छ । आगजनीबाट पछाडिको भागमा क्षति पुगेको डिएसपी अर्जुन रानाभाटले जानकारी दिए । आगजनी गर्ने समूहको खोजी कार्य जारी रहको प्रहरीले जनाएको छ ।


तिर्थराज डुम्रे