नक्सा लिन पुगेका सेवाग्राहीलाई कार्यालयमै कुटपिट

  ०७३ माघ २७ गते

जनकपुर उमनपा-१२ का ४५ वर्षीय ललन साहलाई नापी कार्यालयका कार्यालय सहयोगी मोहन यादवले माघ २७ गते कार्यालयमै कुटपिट गरेका छन् । ललनको गोडामा चोट लागेको पीडितका छोरा अमित साहले बताए । घाइते ललनको माघ २७ गते नै जनकपुर अञ्चल अस्पतालमा उपचार भयो ।

photo20170209dhanusha

नापी कार्यालय पुगेका ललन साह र उनका छोरा अमित साहले जमीनको नक्सा प्रिन्ट गरी दिन आग्रह गर्दा कार्यालयका कर्मचारीहरूले बेवास्ता गरेको भन्दै आक्रोशित बनेका ललन र कर्मचारी बीच विवाद भएको थियो ।

कर्मचारीलाई गालीगलौज गरेपछि कार्यालय सहयोगी र सेवाग्राही ललनबिच ठेलमठेल हुँदा चोट लागेर घाइते भएको नापी कार्यालयका अधिकृत कामेश्वर राउतले बताए ।

दुवै पक्षबिच आजै छलफल गर्राई औषधि उपचार खर्च तिर्ने गरी मिलापत्र भएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रामकिशोर साहले बताए ।


विनोदकुमार रविदास