नक्कली बिरूवा वितरण गरेको भन्दै कृषकद्वारा क्षतिपूर्ति माग
कनकासुन्दरी गाउँपालिकाले नक्कली ओखरको बिरूवा वितरण गरेको भन्दै कृषकले क्षतिपूर्तिको माग गरेका छन् ।
जुम्लामै ग्राफ्टिङ गरेर उत्पादन गरेको दाँते ओखरको बिरूवा वितरण गर्नुपर्नेमा गाउँपालिकाले टेन्डर मार्फत खरिद गरेको तर ग्राफ्टिङ नगरेको ओखरको बिरूवा वितरण गरेको पुष्टि भएपछि कृषकले क्षतिपूर्तिको माग गरेका हुन् ।
ठेकेदार र कृषि शाखाको मिलेमतोमा ग्राफ्टिङ नगरेका नक्कली ओखरका बिरूवा किनेर किसानलाई ठगेको कनकासुन्दरी–४ लेकपरका किसान पुन्न बुढाले गुनासो गर्नुभयो ।
उहाँले भन्नुभयो ‘ग्राफ्टिङ नगरिएको बिरूवा वितरण भएको हल्लापछि कृषि विज्ञ ल्याएर समेत बिरूवा जाँच गरियो । जाँच गरिएका ६ वटा बिरूवा मध्ये ४ वटा शङ्कास्पद भेटिए ।’
गाउँपालिकाले चालु आर्थिक वर्षमा १९ लाख लागतको ओखर प्रवद्धन कार्यक्रम अन्तर्गत स्थानीय लालबहादुर जिसीको कनका सुन्दरी एग्रो हबबाट बिरूवा खरिद गरेको थियो ।
वितरण गरिएका २ हजार ९ सय बिरूवामध्ये अधिकांश बिरूवा ग्राफ्टिङ नै नभएका गुनासो आएपछि कनकासुन्दरी एग्रो हब प्रालीका सञ्चालक जिसीले नर्सरी धनीबाटै बेइमानी भएको बताउनुभयो । ‘२९ सय बिरूवा मध्ये साढे १३ सय बिरूवा मात्रै जुम्ली बिरूवा छन् भने बाँकी १७ सय जुम्ली भनेर कास्मिरी दिइयो’ जिसीले भन्नुभयो ।
नर्सरी धनी हंश बस्नेतका नाममा मुद्धा हाल्ने र कानुनी कारबाहीका लागि अघि बढ्ने कनकासुन्दरी गाउँपालिकाका अध्यक्ष नरबीर रावतको भनाई छ ।
यता नर्सरी धनी तिला गाउँपालिका–८ का हंश बस्नेतले आफूले बैतडीमा रहेको पुर्चौउली एग्रो हबका निर्देशक दिपक धानुसँग बिरूवा ल्याएको बताउनुभयो ।
ओखर लगाउनका लागि खाल्डा खनेको, मल, पानी तथा श्रमको क्षतिपूर्ति तत्काल पाउनुपर्ने कृषकको माग रहेको छ । किसान जङ्गबहादुर घर्तीले भन्नुहुन्छ ‘रोपेको बिरूवा नक्कली भएपछि उखेल्नुको विकल्प छैन । ओखर खेतीका लागि हाम्रो मेहनत र लगानी खेर गयो । हामीले क्षतिपूर्ति पाउनुपर्छ ।’
कृषकले ७५ प्रतिशत अनुदानमा बिरुवा पाउँदा व्यक्तिलाई प्रति बिरूवा २ सय र समूहलाई ८ सयका दरले वितरण गरिएको छ । किसानले बिरूवा खरिदमा व्यहोरेको २५ प्रतिशत रकम सहित आवश्यक क्षतिपूर्ति तत्काल पाउनुपर्ने अर्का कृषक भुपेन्द्र मल्लको माग छ ।
मानदत्त रावल
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
५४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा रोशी गाउँपालिका–५ सिसाखानीका ६२ वर्षीय टेकबहादुर लामालाई प्रहरीले चैत ३० गते घरबाट गिरफ्तार गरेको छ । पीडित महिलालाई चैत २६ गते बलात्कार गरेको भन्दै…
बलात्कार घटनाका आरोपित गिरफ्तार
५९ वर्षीया अशक्त महिलालाई बलात्कार गरेको आरोपमा दोरम्बा गाउँपालिकाका–७ का ५६ वर्षीय अङ्गे तामाङलाई प्रहरीले चैत २८ घरबाटै गिरफ्तार गरेको छ । सुस्त मनस्थितिकी अशक्त महिलालाई चैत ३ गते घरमा…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (चैत ३० गते)
चैत ३० गते ४ सय ९६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ८० हजार ५ सय २४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…
बेचबिखन तथा ओसारपसार घटनाका कसुरदार गिरफ्तार
१५ वर्षीया बालिकालाई भारतको दिल्लीमा लगेर बेचबिखन गरेको कसुरमा प्रहरीले पुर्नवास नगरपालिका–६ का ५१ वर्षीय मानबहादुर थापा र उहाँको ४८ वर्षीया पत्नी सुकमाया तामाङलाई २५ वर्षपछि चैत २९ गते गिरफ्तार…
हिंसा पीडित महिलालाई इन्सेकको सहयोग
छोरा नपाएको निहुँमा पतिले दैनिक जसो कुटपिट गरेर पीडित बनेकी महिलालाई इन्सेकद्वारा सहयोग गरिएको छ । सल्यान जिल्ला शारदा नगरपालिका–१४ मालनेटा घर भई हाल पर्वतको कुश्मामा ज्याला मजदुरी गरेर दुई…