धुलिखेल कारागारमा औषधि अभाव

  ०७६ फागुन ३० गते

कारगार काभ्रेमा औषधिको आभाव भएको छ । ७३ जना थुनवा र १ सय ६० जना गरी २ सय ३३ जना कैदीबन्दी रहेको जिल्ला कारगारमा औषधिको अभाव भएपछि स्वास्थ्य उपचारमा समस्या भएको जेलर जङ्गबहादुर राईले बताउनु भयो ।

कारगारमा ५ जना प्रेसर, २ जना सुगर र १९ जना मानसिक रोगी कैदीबन्दी छन् । तर ती कैदीबन्दीले दैनिक सेवन गर्ने औषधि नभएको कारागारका स्वास्थ्य शाखा प्रमुख विदुर चौलागाईले बताउनु भयो ।

कारगारमा सबैजसो औषधि आभाव छ’ प्रमुख चौलागाईले भन्नुभयो । औषधि अभाव हुदाँ सामान्य बिरामी पर्दा पनि कैदीबन्दीहरूलाई औषधि दिन नसकेको जेलर राईले बताउनु भयो । ७५ जना कैदीबन्दी राख्ने क्षमता रहेको कारगारमा स्वास्थ्य उपचार र औषधिको लागि आर्थिक वर्ष ०७६/७७ का लागि नेपाल सरकारले १२ लाख रुपियाँ विनियोजन गरेको थियो ।

कारागारलाई जिल्ला स्वास्थ्य कार्यालय औषधि दिदैँ आएको यो वर्ष नदिएको जेलर राईले बताउनु भयो । ‘सरकारले विनियोजन गरेको रकम पनि अपुग भयो, जिल्ला स्वास्थ्य कार्यालयले पनि औषधि कटौती गर्‍यो, जेलर राईले भन्नुभयो ।

कारागारमा नियमित औषधि अभाव र उचित स्थानको अभावमा भएपछि धुलिखेल नगरपालिका–३ का ५० वर्षीय प्राणनाथ आचार्य र बनेपा नगरपालिका–६ का ४५ वर्षीय श्यामकृष्ण खत्रीलाई ६ महिना अगाडीदेखि कारागारले नै धुलिखेल अस्पतालमा उपचार गराउँदै आएको छ ।

हिरामान तामाङ


हिरामान वाइवा