धारिलो हतियार प्रहार गरी महिलाको हत्या

  ०७३ फागुन २२ गते

कनकपुर गाविस-२ की २५ वर्षीया सहनाज खातुनको शव फागुन २२ गते बिहान अज्ञात व्यक्तिले धारिलो हतियार प्रहार गरी घाइते बनाएकोमा उपचारको क्रममा मृत्यु भएको छ ।

आफ्नै घरमा सुतिरहेकी खातुनलाई बिहान ४ बजेको समयमा घर बाहिर अज्ञात व्यक्तिले चोर आयो भनी हल्ला गरेपछि सँगै सुतेका पीडितका पति ३० वर्षीय शेष खजुर कोठाबाट बाहिर निस्किएको अवस्थामा अज्ञात व्यक्ति कोठा भित्र प्रवेश गरी पीडितको टाउकोमा धारिलो हतियार प्रहार गरी घाइते बनाएका थिए भने उनका पति सेख खजुरलाई पनि घरबाहिर सोही व्यक्तिले धारिलो हतियार प्रहार गरी घाइते बनाई फरार भएको प्रहरीले जनाएको छ ।

घाइते दुवैजनाको चन्द्रनिगाहपुर अस्पतालमा उपचारको लागि ल्याइएकोमा उक्त अस्पतालमा दुवैको उपचार हुन नसकी हेटौँडास्थित चुरे हिल अस्पतालमा उपचारको लागि रिफर गरेकोमा बाटोमा नै सहनाज खातुनको मृत्यु भएको र शेष खजुरको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।


विपिन गौतम