धारिलो हतियार प्रहार गरी पत्नीको हत्या, आरोपित फरार

  ०७३ कात्तिक २३ गते

वास्तिम-३ की २७ वर्षीया शुष्मा बस्नेतलाई धारिलो हतियार प्रहार गरी २८ वर्षीय पति राजकुमार बस्नेतले कात्तिक २२ गते हत्या गरेको प्रहरीले जनाएको छ ।

पीडित महिला गाविसको कार्यालयबाट बच्चाको जन्मदर्ता गराएर फर्कँदै गर्दा साँझ घर नजिकै बाटोमा धारिलो हतियार प्रयोग गरी हत्या गरको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पत्नीको हत्या पछि आरोपित फरार रहेकाले हत्याको कारण खुल्न नसकेको र आरोपितको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

मृतक महिलाको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल भोजपुरमा ल्याइएको छ ।


किरण राई