धारिलो हतियार प्रहार गरी उदयपुरमा आमा-छोरीको हत्या

  ०७६ असोज २५ गते

त्रियुगा नागरपालिका-९ चौकिबारिमा आमाछोरीको शव घाँटी रेटिएको अवस्थामा असोज २४ गते भेटिएको छ ।

जिल्ला प्रहरी कार्यालयका एसपी बिरबहादुर बुढामगरका अनुसार ३० वर्षिया शारदाकुमारी चौधरी र उनकी नौ वर्षीया छोरी रचना चौधरी आफ्नै घरमा घाँटी रेटिएको अवस्थामा मृत फेला परेका हुन् । घरभित्रको भर्‍याङमुनि आमाछोरीको शव फेला परेको एसपी मगरले बताए ।

प्रहरीले असोज २४ गते राती आमाछोरीको हत्या भएको आशङ्का गरेको छ ।  घटनाको अनुसन्धानका लागि धरानबाट कुकुरसहितको अपराध अनुसन्धान टोली झिकाइ अनुसन्धान सुरु गरिएको एसपी मगरले बताए ।

असोज २५ गते बिहान अबेरसम्म घरमा चालचुल नसुनेपछि छिमेकीले हेर्न जाँदा उनीहरूलाई मृत अवस्थामा देखेर प्रहरीलाई खबर गरेका थिय । खबर लगत्तै पुगेको प्रहरीले घटनास्थल सुरक्षा घेरामा राखी अनुसन्धान सुरु गरेको जनाएको छ । हत्या कसले र किन गरेको भन्ने खुलि

मृतक शारदाका पति सिताराम चौधरी वैदेशिक रोजगारको सिलसिलामा मलेसिया रहेका छन् । उनकी जेठी छोरी भावना चौधरी भने मावली गएकी थिइन् ।  मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा लगिएको छ ।


भरत खडका