धारिलो हतियार प्रहार गरी आमाको हत्या, आरोपित गिरफ्तार

  ०७६ असार २५ गते

वीरगञ्ज महानगरपालिका-२४ रामगढवाको नयाँबस्तीकी ४० वर्षीया शोभादेवी यादवको असार २४ गते दिउँसो घाँस काट्ने गडासी प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले १८ वर्षीय छोरा गुड्डु यादवलाईसोही दिन घटनास्थलबाटै गिरफ्तार गरेको छ ।

आमाले घरमा रहेको भैँसी बेचेको विषयमा आमा छोरामा विवाद भएको थियो । भैँसी बेचेको पैसा छोराले मागेको र आमाले नदिएको विषयमा विवाद भएको प्रहरीले जनाएको छ ।

दिउँसो कारिव साढे २ बजेको आसपासमा छोराले घर भन्दा ४ सय मिटर परसम्म लखेटेर आमालाई गडासी प्रहार गरेको स्थानीयले बताएका छन् ।

शोभादेवीको घाँटी र चिउँडोमा काटिएको छ । उनको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी अनन्तराम शर्माले जनाएको छ । शव पोष्टमार्टमका लागि वीरगञ्जको नारायणी अस्पतालमा लगिएको छ ।


केसि लामिछाने