भाञ्जाको अपहरण गरी १ करोड रुपियाँ फिरौती माग
धनुषाको नगराइन नगरपालिका–६ बस्ने ७ वर्षीय चन्दनकुमार दासलाई महोत्तरीको पिपरा गाउँपालिका–७ घर भई हाल जनकपुरधाम उपमहानगरपालिका–७ कटैयाचौरीमा डेरामा बस्दै आएका २० वर्षीय मामा राम रतन दास भन्ने लक्ष्मेश्वरकुमार दासले फागुन ८ गते दिउँसो १ बजे अपहरण गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी प्रकाश रानाभाटले बताउनुभएको छ ।
फागुन ८ गते दिउँसो घरैबाट बालकलाई अपहरण गरेको र फोनमा १ करोड रुपियाँ फिरौती माग भएको भनी अपहरित बालकका बुबा रमेश दासले फागुन ८ गते दिउँसो १ः१५ बजे सिमा सशस्त्र प्रहरी चौकी जटहीमा खबर गर्नुभएको थियो ।
बालक अपहरण भएको र फिरौतीको लागि फोनमा १ करोड माग गरिएको सूचना पाएपछि प्रहरीले बालकको खोजी गरेको थियो ।
सशस्त्र प्रहरी, जिल्ला प्रहरी कार्यालय धनुषा, प्रदेश प्रहरीलगायतको टिमले बालकको खोजी गर्ने क्रममा फागुन ८ गते साँझ ८ बजे अपहरित बालकका मामा लक्ष्मेश्वरकुमार दासलाई जनकपुरधाम¬ उमनपा–७ स्थित डेरामा बालकलाई बन्धक बनाई राखेको अवस्थामा बालकलाई सकुशल उद्धार गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाले फागुन ९ गते दिउँसो पत्रकार सम्मेलनको आयोजना गरी सकुशल उद्धार गरिएका बालक र अपहरणकर्ता मामालाई सार्वजनिक गरेको छ ।
आरोपित दासले चन्दनलाई नगराइन नगरपालिका–६ लग्मास्थित उनकै घरबाटबाट शनिबार दिउँसो १ बजे अपहरण गरेको प्रहरीसमक्ष स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी मकेन्द्रकुमार मिश्रले बताए ।
दासविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा अपहरित बालकका बुबा रमेश दासले शरीर बन्धक तथा अपहरण शीर्षकमा उजुरी दिएको धनुषाका एसपी रानाभाटले बताउनुभयो ।
दिपेन्द्रप्रसाद सिंह
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (फागुन २१ गते)
फागुन २१ गते १ सय २० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७४ हजार ६ सय ८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…
यौन दुर्व्यवहार गरेको कसुरमा २ महिना कैद सजायको फैसला
१९ वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको कसुरमा सल्यानको बनगाड कुपिण्डे नगरपालिका –२ का २८ वर्षीय गोपाल सुनारलाई जिल्ला अदालत सल्यानले दुइ महिना कैद तथा १० हजार क्षतिपुर्तिको फैसला गरेको छ…
हत्या घटनाका आरोपित गिरफ्तार पछि प्रहरीद्वारा सार्बजनिक
रेसुङ्गा नगरपालिका– ३ की २१ वर्षीया सम्झना बोहराको हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका ४७ वर्षीय लालबहादुर खत्रीलाई फागुन १७ गते गिरफ्तार गरी प्रारम्भिक अनुसन्धानबाट हत्यामा सङ्लग्न रहेको पाइएपछि प्रहरीले…
सामुहिक बलात्कार घटनाका एक जना आरोपित गिरफ्तार
३२ वर्षीया महिलालाई सामुहिक बलात्कार गरी फरार रहेका जुगल गाउँपालिका–४ का २० वर्षीय दिलिप सापकोटालाई ०७७ फागुण १९ गते चौतारा बजारबाट गिरफ्तार गरेकोे जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रामचन्द्र घिमिरेले बताउनुभयो…
दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
हेटौँडा उपमहानगरपालिका–१५ स्थित रिद्धीसिद्धी सिमेन्ट उद्योगका महिला कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले फागुन १७ गते उद्योगका महाप्रबन्धक तथा पूर्व एसएसपी ५८ वर्षीय लोकेन्द्रबहादुर मल्ललाई गिरफ्तार गरेको छ । आरोपितले उद्योगमा…