द्वन्द्व पीडित र घरेलु हिंसा पीडितलाई मानव अधिकार सहायता कक्षको सहयोग

  ०७७ असोज ३० गते

मानव अधिकार सहायता कक्षले दुई जना पीडित महिलाहरूलाई सहयोग गरेको छ । द्वन्द्व पीडित, नेपालगञ्ज उपमनपा–४ नमस्तेटोलकी ५१ वर्षीया कमला पन्त कुँवर र  घरेलु हिंसा पीडित, बैजनाथ गाउँपालिका– ८ की ३२ वर्षीया  बबिता लोहारलाई  डिसिएको आर्थिक सहयोगमा सहायता कक्षका सदस्य एवं उच्च अदालत बार एशोसिएशनका अध्यक्ष बिकास अचार्यले असोज ३० गते सहयोग रकम हस्तान्तरण गरेको हो ।

photo2020101601banke

मानव अधिकार सहायता कक्षले पीडितको उपचार र न्यायिक प्रक्रियामा सहयोग पुगोस भन्ने उद्देश्यले सहयोग प्रदान गरिएको इन्सेक लुम्बिनी प्रदेश प्रमुख भोला महतले बताउनु भयो ।

द्वन्द्व पीडित कमला पन्त कुवँरलाई सहयोग गर्नलाई एडभोकेसी फोरमका बसन्त गौतमले र घरेलु हिंसा पीडितलाई सहयोगका लागि उच्च अदालत बार एशोसिएशनका अध्यक्ष बिकास आचार्यले सिफारिस गर्नु भएको थियो ।  असोज १२ गते बसेको मानव अधिकार सहायता कक्षको बैठकले दुबै जनालाई सहयोग गर्ने निर्णय गरेको थियो ।

photo2020101602banke

चार वर्षदेखि क्यान्सरको बिरामी रहनु भएको कुँवरले सहयोगले उपचारमा मद्दत पुग्ने बताउनु भयो । यसैगरी घरेलु हिंसा पीडित बबिता लोहारले सहयोगले कानुनी प्रक्रियामा सहयोग पुग्ने बताउनु भयो । सहयता कक्षले यस अघि प्रहरी हिरासतमा याताना पाएका कोहलपुर नपा– १५ दिपक यादवलाई सहयोग गरेको थियो ।

सहयता कक्षले जनही १० हजार रुपियाँ सहयोग गरेको छ । डिसिएको सहयोगमा स्थापना गरिएको मानव अधिकार सहायता कक्षको  सचिवालय  इन्सेक, नेपालगञ्जमा रहेको  छ ।


स्मृति देवकोटा